सिलगढीमा बौद्ध सममेलन सम्पन्न   

Screenshot_20230320_173327_Google.jpg

सिलगढी: केन्द्रीय बौद्ध अल्पसंख्यक आयोग भारत सरकारमा मनोनीत सदस्य (मन्त्री स्तरीय) रिन्छेन लमु को उत्तर बङ्गालमा ऐतिहासिक सर्वप्रथम भ्रमण: १९ मार्चमा अल इण्डिया बुद्धिष्ट फोरमको तत्वधानमा आयोजना गरिएको थियोl सम्पूर्ण बौद्ध समुदाय तामाङ, भोटिया, शेर्पा, गुरूङ, बरुवा आदिका प्रतिनिधि वर्गलाई लिएर बौद्ध सम्मेलन सम्पन्न भएको थियो। केन्द्रीय बौद्ध अल्पसंख्यक आयोग सदस्य भारत सरकारको महत्त्वपूर्ण उत्तर बङ्गाल भ्रमणको अवसरमा विशेष राज्य सरकारबाट पाउने  अल्पसंख्यक सहुलियतबाट बौद्धहरू आजपर्यन्त बञ्चित रहेको भन्दै फोरमका महासचिवलगायत अन्य वक्तहरूले असन्तोष व्यक्त गरे। केन्द्रीय अल्पसंख्यक आयोगका सदस्य रिन्छेन लामाको बाहुलीबाट मङ्गल माइती भवनको परिसरमा भारतको राष्ट्रिय झण्डा उत्तोलन गरेपछि विभिन्न बौद्ध समुदाय संघ-संस्था, म्हाणिपा संघद्वारा खदा चडाँदै भव्य स्वागत गरिएको थियो।

कार्यक्रममा महासचिव आकाश लामाले बौद्ध धरमावलम्बीहरू कसरी केन्द्रीय अनि राज्य अल्पसंख्यक साहुलियतदेखि वञ्चित छन् भन्ने बारेमा विवरण प्रस्तुत गरेl फोरम अनि राष्ट्रिय बौद्ध संगठनको पहलमा भइरहेको विभिन्न राष्ट्रिय स्तरका बौद्धहरूले भोगिरहेका विभिन्न समस्याहरू उजागर गर्दै यसलाई समाधान गर्न सबै बौद्धहरुलाई एकवद्ध हुनुपर्ने बारेमा जोड दिए। यसरी विभिन्न बौद्ध गुम्बा, संघ-संस्थाहरूले अगावैबाट फोरम मार्फत बुझाइएको लगभग  एक सय संयुक्त  मेमोरेण्डम  केन्द्रीय सदस्य माइनोरिटि एफेयर्स समक्ष बुझिइयोl कार्यक्रममा विभिन्न राज्यहरू महाराष्ट्र, लखनउ उत्तर प्रदेश, बौद्ध गया बिहारबाट अल इण्डिया एक्सन कमिटी फर बुद्धिष्ट पर्सनल ल, बौद्ध प्रतिनिधिहरूसँगै अल इण्डिया तामाङ बौद्ध संघ, अल इण्डिया महायाना बौद्ध म्हाणिपा संघ, माइनोरिटि कमिटी करस्यङ, गुरुङ बौद्ध संघ, शेर्पा बौद्ध संघ, भोटिया बौद्ध संघ का प्रतिनिधिहरूले वक्तव्य राखे। फोरमद्वारा बुझाइएको फेलिसिटेसन प्रचारप्रसार सचिव सुरेन पाख्रिनले पढेर सुनाए अनि प्रमुख अतिथिलाई ख्येन रिम्पोर्छे अनि  फोरम सभापति जम्बु लामाको बाहुलीबाट प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement