दार्जीलिङ: पहाडीभएकाप्रतिभाहरूको कुनै कमी छैन भन्ने कुरा हाम्रो पार्टीका केन्द्रीय कार्यकर्ता लाडुप घिसिङले गरेका छन्। मिरिकको सिस्ने खेल मैदानमा आयोजित प्रतियोगितामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, केन्द्रीय कार्यकर्ता लाडुप घिसिङलाई विशेष निम्ताइएको थियो। यस अवसर,मा लाडुप घिसिङले भने, ‘सिस्नेका बासिन्दाहरूसँग हाम्रो पुरानो सम्बन्ध छ, शिक्षाको क्षेत्रमा भनौं अथवा समाजिक क्षेत्रहरूमा हामी सँगसँगै हातेमालो गरेर हिडने गरेका छौंl विगतका दिनहरूमा तपाईहरूलाई हेलाहोचो भएको देख्दा मैले भन्ने गर्थे, समस्या र काम पर्दा मात्र सिस्नेको बासिन्दाहरूलाई खोज्ने काम नगर, सुखको समयमा पनि सम्झिने गरl सिस्नेको यो सानो खेल मैदानले मिरिकलाई प्रतिनिधि गर्ने प्रतिभाहरू जन्माएका छन्। विगतमा दार्जीलिङमा आयोजित म्याराथान दौडमा यस क्षेत्रका प्रतिभाहरूले मिरिकको नाम राखेको छl’ उनले अझ भने, ‘मलाई चिया पिउन मन लाग्दैन, चियाबारीले अहिलेसम्म डाक्टर, इन्जिनियर, आईएएस, आईपीएस हुनपर्छ भनेको छैनl हामीलाई यस्तै भीरपाखामा राखेको छ। अंग्रेजहरूले हेप्यो हेप्यो, तर आजसम्म पनि हामी हेपिरहेका छौl’ सिस्ने पैह्रो जाने क्षेत्र रहेको बताउँदै उनले यसको लागि सबै विषयहरूलाई ध्यानमा राखेर कार्य योजनाहरू बनाउनु पर्ने बारेमा विचार साझा गरेl