फुलबारी: फुलबारीमा रामनवमीको अवसर पारेर विशाल शोभायात्रा निकालिइने भएको छ। यसलाई लिएर १० दिन अघिदेखि रामनवमी महोत्सव समितिका सदस्यहरूले तयारी शुरू गरिरहेका छन्। रामनवमी महोत्सव समितिका सदस्यले आज बिहान फुलबारीको विभिन्न ठाउँमा गेरुवा ध्वज र फ्लेक्स लगाइरहेका छन्। रामनवमीको अवसरमा अन्य वर्षहरू झैं यस वर्ष पनि फुलबारीमा विशाल शोभायात्राको आयोजना गरिने भएको छ। उक्त शोभायात्रा फुलबारी बटतलादेखि शुरू भएर सिलगढीसम्म जानेछ। संगठनका सदस्यहरूले आज फुलबारी सीमादेखि लिएर सिलगढी तिनबत्ती मोडसम्म गेरुवा झण्डाहरू लगाउने काम गरिरहेका छन्। उक्त शोभायात्राको विशेष आकर्षण २० फिट लामो भगवान रामको मूर्ति रहेको छ। यस वर्ष फुलबारीबाट निकालिइने उक्त शोभायात्रामा लगभग २० हजार श्रद्धालुहरू सामेल हुने संगठनका सदस्यहरूले आशा साँचेका छन्।