भाष्कर मैनाली शर्मा, दार्जीलिङ
अहिले दार्जीलिङ पहाडमा जीटीए चुनावको मौसम रहेको छ र चुनावमा उठेका उम्मेद्वारहरूले पनि चुनावमा जिते म यो गरिदिन्छु म त्यो गरिदिन्छु भनेर आश्वासन दिइरहेको छ। तर दार्जीलिङ पहाडमा यस्तो समस्या पनि छ जुन समस्याको विषयमा यहाँका धेरै जसो नेताहरुले यस विषयमा केही काम गर्ने पनि गर्दैनन् र यस विषयमा आवाजसम्म पनि उठाउने गर्दैनl तर यो एकदमै चिन्ताको विषय बनेको छ र त्यो चिन्ताको विषय हो पर्यावरण संरक्षण। पर्यावरण संरक्षण बारे यहाँका गैर सरकारी संस्थाहरुले, स्कूल, कलेज का शिक्षक वा विद्यार्थीहरुले यसबारे केही हदसम्म कार्य त गरी नै रहेको छ जस्तै वृक्ष रोपण कार्यक्रमहरू, विश्व पर्यावरण दिवसमा वा पर्यावरण सम्बन्धित कुनै अन्य दिवसहरूमा पर्यावरणविदहरुद्वारा यहाँका विद्यार्थीहरुलाई र यहाँका स्थानीय मानिसहरूलाई केही हदसम्म सजक गर्ने कोशिश त भई नै रहेको छ तर यहाँका राजनैतिक दलहरुले यसबारे कुरा उठाउने गर्दैनन्।
आजको दिनमा दार्जीलिङ पहाडका मौसमहरुमा धेरै परिवर्तन आएको छ जस्तै आजभन्दा धेरै वर्ष अघि दार्जीलिङमा हिउँदको समयहरुमा धेरै बाक्लो हिमपात हुने गर्थ्यो, पानी धेरै जम्मिने गर्थ्यो बाटोतिर, पानीले भरिएको भाँडातिर, पानीले भरिएको बाल्टीतिर धेरै पानी जम्मिने दृश्यहरु देखिने गरिन्थियो, तर आजको दिनमा पानी जमिएको दृश्यहरु पनि देखिन्न, बाक्लो हिमपात भएको पनि दार्जीलिङमा देखिन्न। पहिलाको समयतिर सालमा एक चोटि हिउँदको समयमा एक न एकचोटि हिमपात त हुन्थ्यो, तर आजको समयमा दार्जीलिङमा २००७ सालमा हिमपात भएदेखि यस वर्षको ह्युदो को समयमा लगभग १५ वर्षको अन्तरालमा हिमपात भयो, पहिले दार्जीलिङ पहाडको उच्च ठाउँहरु तिर डल्ले खोर्सानी फाल्ने गर्दैन थियो, तर आजको समयमा पहाडको उच्च ठाउँहरु तिर पनि डल्ले खोर्सानी लटरम्मै फल्ने गरिन्छl पहिले दार्जीलिङ घुम्न आउने पर्यटक हरुले सबैले गर्मीको समयमा पनि ज्याकेट, मफलर, टोपी लगाएर हिडदै, घुम्दै गरेको दृश्य देखिन्थ्योl तर आजको दिनमा पर्यटकहरू पनि त्यसप्रकारको भारी लुगाहरू नलगाई टी सर्ट, कमेज, जामा जस्ता गर्मीमा नै लगाउने लुगाहरू लगाएर हिँडिरहेको हुन्छ यी कुराहरू हाम्रो अघि मौसम परिवर्तनको प्रत्येक्ष प्रमाण हो हेर्दा त यी कुराहरू सानो कुराहरू देखें पनि यो कुरा एउटा गम्भीर विषय हो, ग्लोबल वार्मिङको चपेटामा हाम्रो पहाड पनि बिस्तारै पर्दैछ भन्ने प्रमाण हो। दार्जीलिङ पहाडका केही दक्षिणमा पर्ने भागहरुतिर जहाँ केही हदसम्म गर्मी पर्ने गर्थ्यो तर फ्यान जस्ता कुराहरू जो मधेशतिर मात्र अधिक गर्मी हुँदा चलाइने गरिन्थियो त्यो फ्यान चलाइहाल्नु पर्ने स्थिति थिएन, तर आजको दिनमा पहाडका ती केही अधिक गर्मी हुने ठाउँहरुतिर पनि फ्यान चलाउनु पर्ने समय आएको छ र यो पनि पहाडमा ग्लोबल वार्मिङको कारणले गर्दा पहाडी क्षेत्रमा अधिक गर्मी भएको प्रत्येक्ष प्रमाण हो।
आजको दिनमा बन् जङ्गलहरुको नाश भएको हुनाले गर्दा हाम्रो पहाडको तापमान त दिन प्रतिदिन नै बढ्दै नै गएको छ किनकी बन् जङ्गलले शितलता प्रदान गर्ने कार्य गर्दछ र उक्त बन् जङ्गलको नाश भए तापमान त बढ्ने गर्छ नै गर्छ यस सँगसँगै पहाडमा जङ्गल घट्दै गएको कारणले गर्दा त्यहाँ भएका जङ्गली जनावरहरु आफ्नो आहारको खोजीमा र बास बस्ने असल ठाउँको खोजीमा गाउँ गाउँमा पसेर त्यहाँ बस्ने मानिसहरूको सागसब्जी, गाईवस्तु र अन्य घर पालुवा जनावरहरू खाईदिने गर्दछ कोही बेला त ती जङ्गली जनावरहरुले मानिसहरूलाई समेत आक्रमण गर्ने गर्दछ र यो कारणले गर्दा कोही मानिसहरू घाइतेसम्म बन्ने गर्दछ भने कसैको त ज्यान समेत जाने गर्दछ। यससँगै दार्जीलिङ पहाडका केही बन् जङ्गलतिर पाइने वन्य जीव जन्तुहरू विलुप्त हुने अवस्थामा रहेको छ जस्तै यहाँ पाइने एक वन्य प्राणी जसलाई सालक पनि भनिन्छ आज त्यो सालक पनि विलुप्त हुने अवस्थामा रहेको छ, यसै गरी दार्जीलिङको सिङ्घलिला वन्यआरणीय स्थित सन्दकफू क्षेत्रमा पाइने रेड पाण्डा जस्ता जनावर पनि आजको दिनमा विलुप्त हुने अवस्थामा रहेको छ यससँगै अन्य वन्य जीव न्तुहरू पनि विलुप्त हुने अवस्था रहेको छ।
आजभन्दा लगभग २०० वर्ष अघि दार्जीलिङ पहाडमा सिंह जस्ता जनावर पनि पाइने गरिन्थ्यो रे त्यसैले दार्जीलिङमा अवस्थित एक ठाउँको नाम नै सिंहमारी रहेको छ जसको अर्थ निस्किन्छ सिंहलाई मार्ने ठाउँ तर आजको दिनमा दार्जीलिङ पहाडमा सिंहको त नाम निशान पाउने गरिंदैन आजको दिनमा दार्जीलिङ क्षेत्रबाट सिंह त पूर्ण रूपमा विलुप्त भएको छ, यसै गरी बाघ पनि हाम्रो पुर्खाको समयमा दार्जीलिङ पहाडमा धेरै पाइने गरिन्थियो रे तर अहिलेको समयमा बाघ हाम्रो क्षेत्रतिर पाइन्दैनl तर विगतका केही वर्ष अघि दार्जीलिङ पहाड स्थित कालेबुङ जिल्लाअन्तर्गत पर्ने नेउरा भ्याली नेशनल पार्कमा बाघ देखा परेको छ, यसै गरी दार्जीलिङ पहाडको फेदीमा पर्ने बाघपुल नजिकैको जङ्गलमा पनि विगतका केही समय अघि बाघ देखा परेको छ र यो एउटा शुभ संकेत हो र यसको संरक्षण गर्नु पनि हामी सबैको उत्तरदायित्व हो विलुप्त भएका जनावरहरू त हामी फेरि फर्काई ल्याउनु सक्दैनौं तर विलुप्त हुन लागेको जनावरहरुको संरक्षण त हामी गर्न सक्छौ नै। दार्जीलिङ पहाडमा नदी नालाहरु पनि धेरै छन् तर आज पहाडका धेरै नदीहरू को जलस्थरहरु पनि घट्दै गएको छ। अहिलेको आधुनिक समयमा विभिन्न तकनीकी कुराहरुको दिन प्रतिदिन आविष्कार भई रहँदा नदीको पानीलाई खेती सिंचाईको निम्ति पानी चलाउनको निम्ति नदीमा बग्ने पानीलाई रोकेर ड्याम बनाउने कार्य गरिन्छ यसले गर्दा नदीको जलस्रोत एकदमै घटेर जाँदै गरेको छ त्यसै त ग्लोबल वर्मिङको कारणले गर्दा हिमश्रृङ्खला बाट उत्पन्न (स्नो फेड) हुने नदीहरूको उद्गम स्थल जसलाई ग्लेसियर भनिन्छ त्यो धेरै छिटो भन्दा छिटो पग्लिरहेको छ र यसले गर्दा त्यो नदीको अस्तित्व नै समाप्त हुन लागिरहेको छ जस्तै टिस्टा नदी जुन नदी हाम्रो छिमेकी राज्य सिक्किमस्थित खाङ्से ग्लेसियरबाट उत्पन्न हुने गर्दछ उक्त ग्लेसियर पनि हाम्रो निम्ति चिन्ताको विषय रहेको छ किनकी उक्त ग्लेसियर पनि तीव्र रूपमा पग्ली रहेको छ, सँगैमा उक्त नदीको पानीलाई खेती गर्न र जल सम्बन्धित अन्य कार्य गर्नको निम्ति त्यस नदीको धेरै भन्दा धेरै मात्रामा पानीलाई रोकेर ड्याम बनाउने कार्य गरिँदैछ र यो कारणले गर्दा टिस्टा नदीको पानीको जलस्रोत पनि धेरै घट्दै गएको छ। यसै गरी हिमबाट उत्पन्न नहुने नदी तर पानीको मुहान मात्र बाट नै उत्पन्न हुने नदीहरू जसलाई रेन फेड रिभर पनि भनिन्छ उक्त नदीहरूको अवस्था पनि दार्जीलिङ पहाडमा झन् जीर्ण रहेको छ जस्तै यहाँ अवस्थित धेरै नदीहरूको अवस्था कस्तो रहेको छ भन्दा बर्खायामको समयमा मात्र उक्त नदीहरूमा पानी रहेको हुन्छ र पानी बगेको हुन्छ तर अरु हिउँद वा गर्मीको समयमा उक्त नदीमा पानी सुकेको हुन्छ र त्यो नदिहुने ठाउँमा सुख्खा हुने गर्दछ तर आज भन्दा धेरै समय अघि त्यस नदीमा वर्षेनी पानी बग्ने गरिन्थियो तर आजको दिनमा आएर वर्षा याममा मात्र पानी बग्ने कुरा पनि प्रत्येक्ष प्रमाण र असर हो वन जङ्गल नास्सीनूको किनकी पानि उम्रिनको लागि धेरै भन्दा धेरै जङ्गल हुनुपर्दछ तर जङ्गल नै आजको दिनमा कम हुन थालेपछि नदी नालामा पानीको स्रोत पनि कम हुनु स्वाभाविक नै हो।
पहिले दसैँ तिहारको समयमा दार्जीलिङ पहाडको मौसम घमाइलो हुने गर्दथ्यो वर्षाको पानी निखरी सकेको हुन्थियो तर आजकल त दसैं तिहार को समयमा पनि दार्जीलिङ भेगमा मुसलधारे पानी पर्ने गर्दछ, वर्षा याममा जब पानी मुसलधारे पर्ने समय भएको हुन्छ त्यस समय पानी नपरेर दार्जीलिङमा पानीको हाहाकार हुनथालेको छ, हिउँदको समयमा अचेल धेरै कम चिसो हुनेगर्दछ बरु मार्च, अप्रेल महिनामा जुन समयलाई हामी वसन्त ऋतु भन्ने गर्दछौ त्यस समय अधिक जाडो हुन थालेको छ र यी कुराहरू हाम्रो अघि जल वायु परिवर्तनको प्रत्येक्ष प्रमाण हो। पहिले दसैं तिहारको समयमा सैपत्री फूल धेरै भन्दा धेरै पाउने गरिन्थ्यो तर आजको समयमा पहाडमा सैपत्रि फूल फुल्न पनि कम्ती भएको छ। यसरी नै दार्जीलिङ पहाडमा फल्ने सुन्तला पनि आजको दिनमा धेरै कम भएको छ आजकल धेरै किसानहरूले सुन्तला नफलेर सुन्तला को खेती गर्न छोडेर अन्य कुराहरुको खेती गर्न थालेका छन् र यो कुराले दर्शाउने गर्दछ कि जल वायु परिवर्तनले पहाडमा हुने फल फूलहरुलाई पनि असर गरिरहेको छ।
दार्जीलिङ पहाडमा आजको दिनमा आएर यहाँका नेताहरुले धेरै कुराहरु र समस्याहरू बारे छल फल गर्ने गर्दछन् जस्तै छुट्टै राज्य गोर्खाल्याण्ड बारे कुरा गर्ने गर्दछन, बेरोजगारी, बाटो ,घाटो, पर्यटन इतियादी बारे पनि कुरा गर्ने गर्दछन्l तर दार्जीलिङ पहाडको प्राकृतिक पर्यावरण बारे कम नै कुरा गर्ने गर्दछन् र यस बारे ठोस कार्य पनि केही गरे झै लाग्दैनl तर यो विषमा धेरै कार्य हुनुपर्ने हो पर्यावरण सम्बन्धित गैर सरकारी संगठन र पर्यावरण विशेषज्ञहरुले त पहाडमा पर्यावरणलाई संरक्षण गर्ने आफ्नो हविगतअनुसार गरी नै रहेको छ तर यति कुराहरूले मात्रै पनि हाम्रो दार्जीलिङ पहाडको प्राकृतिक पर्यावरण को समस्याको संकट कम हुनेछैन यसबारे दार्जीलिङ पहाडमा चुनावमा जितेका नेताहरुले पनि केही ध्यान दिए र यसबारे कार्य गरे असल हुनेथियो।