एनजेपी स्टेसनमा एनएफ रेलवे मजदुर युनियन द्वारा धरना प्रदर्शन

Capture1-4.png

सिलगढी: एनएफ रेलवे मजदुर युनियनले आज रेलवेका रनिङ स्टाफहरूलाई कामको समय सीमाभन्दा दुई गुणा अधिक काम गर्न परिरहेको आरोप लगाउँदै आन्दोलन शुरू गर्यो। एनजेपी स्टेसनमा मजदुर युनियनको तर्फबाट आज धरना प्रदर्शन गर्नको साथै विविध मागहरू उठाए। यस विषयमा एनएफ रेलवे मजदुर युनियनको संयुक्त महासचिव परितोष पालले भने, रनिङ स्टाफहरूलाई रेलवेको नियम अनुसार काम लगाइयोस्। कुनै प्रकारको अनियम आफूहरूद्वारा स्वीकार गरिने छैन यदि आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement