बन्द कमानबारे अवगत गराउँदै सांसदलाई पत्रचार

IMG-20230320-WA0156.jpg

टिस्टा भेल्ली: गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टिको तर्फबाट पोद्दार कम्पनीद्वारा सञ्चालित रंगली रंगलीयट खण्ड अन्तर्गत पर्ने नामरिङ, पुबोङ र जिंगलाम चिया बगान बन्द रहेको जानकारी गराउँदै सांसद राजु बिष्टलाई पत्राचार गरेको छ।चियाकमानले कुनै तलब नदिएको साथै गत ८ मार्च बुधबारदेखि यस बगानका प्रबन्धकले कुनै सुचना नदिइ बगानका श्रमिकहरूलाई अलपत्र पारेर भागेको छ। यसकारण हाल बगानमा कार्यरत कर्मचारी अनि श्रमिकहरू अलपत्र परेको कुरा पत्रमा उल्लेख गरेको छ। पत्रमा अझ भनिएको छ, बगानका श्रमिकहरू रोजगारको खोजीमा अन्य स्थानमा पलायन हुन बाध्य छन्। यसर्थ हामी गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टि मालिक पक्षद्वारा ती बगानहरूका जनतालाई हेलचेक्र्याइँ अनि अन्याय गरेको महसुस गर्दछौ। उक्त बन्द रहेका बगानहरूका कर्मचारी अनि श्रमिकहरूका तलब, खर्च, भविष्यनिधि कोषका बकाया राशि करोड़ौ रहेको जानकारी गराउँदछौ, जसको सम्पूर्ण विवरण प्रेषित पत्रसित संलग्न गरिएको छ। कुनै पनि निकायबाट भने जस्तो पहल नगरिएको हुँदा उक्त बन्द रहेको बगानका जनताले हजुरको बहुमूल्य उपस्थितिको अपेक्षा साँचेका कारण हजुरद्वारा ती बन्द रहेका बगानहरूको यथाशीघ्र भ्रमण गरी बन्द रहेको बगानहरूको सम्पूर्ण समस्याको जानकारी लिई समस्याको समाधानको निम्ति उचित पहल गरिदिनुहुनेछ भनि हामी गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टिद्वारा उक्त बन्द रहेका बगानका श्रमिकहरूको पक्षबाट तपाईको बहुमूल्य उपस्थितिको अपेक्षा साँच्दछौ भनि प्रेषित पत्रमा अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement