फस्ट फ्लसको सिजनमा वेतन नपाएपछि ओक्स चियाबारीको श्रमिकहरू धरणामा

IMG-20230320-WA0142.jpg

सोनादा: अहिले पहाड़को सबै चियाबारीहरूमा फस्ट फ्लसको चियापत्ती तिपाईको कार्य जारी रहेको छ। तर ओक्स चियाबारीमा भने श्रमिकहरूले पाउनु पर्ने वेतन नपाएको कारणले श्रमिकहरू विरोधमा निस्केका छन्। कमला टि कम्पनी प्राइवेट लिमिटेडको अधीनमा रहेको ओक्स चियाबारीमा एरियर, एक महिनाको वेतन र एक खर्च नपाएको कारणले श्रमिकहरू विरोधमा निस्केर चियापत्ती टिप्न बन्द गरेका छन् । पहिलो चियापत्ती टिपाईको सिजनमा पनि मालिक पक्षले श्रमिकहरूले पाउने खर्च नदिएपछि श्रमिकहरू विरोधमा निस्कन बाध्य बनेका छन्। ओक्स चियाबारीको श्रमिकहरूले जबसम्म श्रमिकहरुले पाउने खर्च दिन्दैन तबसम्म चियापत्ती टिपाई नगर्ने भनी अडिट बसेका छन्। अहिले ओक्स चियाबारीमा ३४६ जना श्रमिकहरू र ४३ जना स्टाफहरू कार्यरत् रहेको बताइएको छ। यस विषयमा विरोधमा बसेका श्रमिकहरूका पक्षमा एकजना श्रमिक टिका छेत्रीले भने, हामी श्रमिकहरू एक भएका छौं र जबसम्म हाम्रो मांग पूरा हुँदैन अर्थात् जबसम्म हाम्रो पैसा पस्दैन तबसम्म चियापत्ती नचिप्ने निर्णय लिएका छौं।’

उनले अझ भने, प्रबन्धकले हस्ताक्षर गरेर भोलिसम्ममा पैसा पस्छ भनिए पनि हामी भर पर्नु सक्दैनौं कारण पहिला पनि यस्तो भएको थियो। त्यसैले हामी सरको कुरा मान्दैनौं अहिले।’
उनले अघि भने, हामी युनियनको कुरा मान्छौं तर प्रबन्धकले पनि युनियनको कुरा मान्नुुपर्छ। तर प्रबन्धकले युनियनको कुरा नमानेको कारणले हामी श्रमिकहरू अघि आएका छौं। यसमा हामीलाई युनियनले चम्काएको होइन तर हामी आफै हाम्रो हक र अधिकारको लागि अघि आएका हौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement