सेरि एः नापोली, युभेण्टस र लाजियोको जीत

IMG-20230320-WA0128.jpg

२० मार्चः इटालियन सेरि ए फूटबलमा शीर्ष स्थानमा कायम रहने नापोलीले सजिलै जीत हासिल गऱ्यो। यसको साथमा युभेण्टस र लाजियोले आ-आफ्नो म्याचमा रोमाञ्चक जीत हासिल गऱ्यो। नापोलीले तोरिनो विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। तोरिनोको होम ग्राउण्डमा ५३ प्रतिशत खेल्ने नापोलीबाट भिक्टर ओसिमहेनले नवौं र ५१औं मिनटमा २ गोल गरे। यसबाहेक खविचा ख्वारात्सखेलियाले ३५औं (पेनल्टी) र टांगे एनडोम्बेलेले ६८औं मिनटमा गोल गरे। यस जीतपछि नापोली २७ वटा म्याचमा ७१ पोइण्टको साथ सेरि ए टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी ११औं स्थानमा रहने तोरिनोसँग ३७ पोइण्ट रहेको छ। यसबाहेक युभेण्टसले चरम रोमाञ्चक म्याचमा इण्टर मिलानलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सान सिरोमा ७० प्रतिशत पोजेशनको साथ खेले पनि इण्टरले गोल गर्न सकेन। यसको विपरीत फिलिप कोस्टिचले २३औं मिनटमा दिलाएको गोलले युभेण्टस विजयी बन्यो। म्याचको अन्तिम क्षणमा एकार्कासँग झगड़ा गर्ने इण्टरका डेनिलो डीएम्ब्रोसियो र युभेण्टसका लिएण्ड्रो पारेडेसलाई रेड कार्ड देखाइयो। यस हारपछि इण्टर मिलान २७ वटा म्याचमा ५० पोइण्टको साथ झरेर तेस्रो स्थानमा पुग्यो।

यसरी नै सातौं स्थानमा रहने युभेण्टससँग ४१ पोइण्ट रहेको छ। यसरी नै लाजियोले रोमा विरुद्ध १-०-ले रोमाञ्चक जीतको साथ इण्टर मिलानलाई पछि छोड़ेर दोस्रो स्थान हासिल गऱ्यो। ओलम्पिको स्टेडियममा ७० प्रतिशत पोजेशनको साथ खेल्ने लाजियोबाट मातिया जाकाग्नीले ६५औं मिनटमा गोल गरे। म्याचमा रोमाका रोजर इबानेजलाई ३२औं मिनट अनि ब्रायन क्रिस्टाण्टेलाई अन्तिम क्षणमा रेड कार्ड देखाइयो। यसरी नै लाजियोका एडम मारुसिचलाई पनि अन्तिम क्षणमा रेड कार्ड देखाइयो। लाजियोसँग अहिले ५२ पोइण्ट रहेको छ। यसरी नै रोमा ४७ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement