प्रीमियर लीगः शीर्ष स्थानमा 8 पोइण्टको बढ़त हासिल गऱ्यो आर्सनलले

IMG-20230320-WA0105.jpg

२० मार्चः ईंग्लिश प्रीमियर लीग फूटबलमा आर्सनलले शीर्ष स्थानलाई अझ मजबूत बनायो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले म्याचको दुवै हाफमा २-२ गोल हासिल गऱ्यो। विजेता टीमबाट बुकायो साकाले ४३औं र ७४औं मिनटमा २ गोल गरे। यसबाहेक लयमा रहने गेब्रिएल मार्टिनेल्लीले २८औं र ग्रानिट खाकाले ५५औं मिनटमा गोल गरे। यसरी नै क्रिस्टल प्यालेसबाट जेफ्री शल्पले ६३औं मिनटमा एक गोल गरे। यस जीतको साथै प्रीमियर लीग टेबलको शीर्ष स्थानमा रहने आर्सनलको २८ वटा म्याचमा ६९ पोइण्ट पुग्यो। यस टीमसँग अहिले एउटा म्याच कम्ती खेलेर दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ८ पोइण्ट अधिक रहेको छ। यसरी नै क्रिस्टल प्यालेस २८ वटा म्याचमा २७ पोइण्ट लिएर १२औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement