पहाडमा प्रतिभाहरूको कमी छैन

IMG-20230320-WA0134.jpg

अग्रेजले हामीले हेप्यो हेप्यो तर आजसम्म हेपिन्दैछौ: घिसिङ

दार्जीलिङ: हाम्रो क्षेत्रमा प्रतिभाहरूको कुनै कमी छैन यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता लाडुप घिसिङले पोखेको हो। मिरिकको सिस्ने खेल मैदानमा फुटबाल टुनामैन्टको आयोजना गरिएको थियो। आयोजित टुनामैन्टमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स,हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता लाडुप घिसिङ लाई विशेष रूपमा निम्ताएका थिए। आयोजित टुनामैन्ट समारोहलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता लाडुप घिसिङले आज धेरै लामो समयपछि मेरो आफन्ताहरूसंग भेटने मौका पाएको छु, त्यसकारण म आफुलाई धेरै खुशी लागेको तिनले बताए।सिस्नेको बासिन्दाहरूसंग हाम्रो पूरानो सम्बन्ध छ, शिक्षाको क्षेत्र भनौ अथवा समाजिक क्षेत्रहरूमा हामी संग संगै हातेमालो गरेर हिडने गरेका छौ।विगतका दिनहरूमा तपाईहरूलाई हेला होचे भएको देख्दा मैले भन्ने गर्थे, समस्या र काम पर्दा मात्र सिस्नेको बासिन्दा हरूलाई खोज्ने काम नगर,सुखको समयमा पनि सम्झिने गर घिसिङले भने।सिस्नेको यो सानो खेल मैदानले मिरिकलाई प्रतिनिधि गर्ने प्रतिभाहरू जन्माएका छन। विगतमा दार्जीलिङमा आयोजित म्याराथान दौडमा यस क्षेत्रका प्रतिभाहरूले मिरिकको नाक राखेको छ घिसिङले भने। तिनले अधि भने मलाई चिया पिउन मन लाग्दैन, चियाबारीले अहिलेसम्म डाक्टर, इन्जीनियर, आईएएस, आईपीएस हुन पर्छ भनेर भनेको छैन, हामीलाई यस्तै भीर पाखामा राखेको छ।अग्रेजहरूले त हेपे हेपे तर आजसम्म पनि हामी हेपी रहेका छौ घिसिङले भने। सिस्ने एउटा पैहा्रे जाने क्षेत्र हो, यहाॅ भोलीको दिनमा प्राकृतिक प्रकोपहरू आउँछ, यी सवै विषयहरूलाई ध्यानमा राखेर हामीले भोलीको दिनमा कस्तो कार्य योजनाहरू बनाउँनु पर्ने हो, हामी चाहान्छौ प्राकृतिक प्रकोपको आउँन अधि नै हामीले हाम्रो सन्तानको ज्यान मालको नोक्सान नहोस भन्ने दिशामा काम गर्ने सोच बनाएका छौ तर यसमा तपाईहरूको सहयोगको खाचो छ घिसिङले भने।तिनले अधि भने हिज पनि हामीसंगै थियो अनि आज पनि हामीसंगै छौ साथै भोली पनि हामीसंगै हुन पर्छ घिसिङले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *