हामी अन्यायको विरोधमा अवश्यै कदम उठाउँने छौ: एडवाडर्स
दार्जीलिङ: सिस्नेको बासिन्दाहरूले अजय एडवाडर्सलाई सुनाए आफुहरूले भोग्दै आएको समस्याहरू।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आज मिरिकको विभिन्न क्षेत्रहरूको भ्रमण गरयो।यस अवधि उनी मिरिकको सिस्ने गाउँको भ्रमणमा पूगेको थियो। स्थानीय वृद्वहरूले आफुहरूले भोग्दै आई रहेको एक एक समस्याहरूलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लाई सुनाए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई सिस्नेको एक वृद्व ब्यक्तिले गत २००० तिर सिस्नेको खोल्चामा मैला फाल्ने ठाउँ बनाई दिए। हामीले यस बारे कुरा उठाउँदा मिरिक नगरपालिकाको पूर्व चेयरम्यान एंव बर्तमान प्रशासक एल. वी. राईले मैला फाल्ने टयाङकी बनाई दिने वचन दिएको थियो तर अहिलेसम्म न मैला फाल्न बन्द गरयो न टयाङकी नै बनाई दिए भन्दै वृद्व ब्यक्तिले एडवाडर्सलाई बताए। विहान पाखा हिमालको चिसो हावाले मिरिक क्षेत्रको फोहोर मैलाहरूको दुर्गन्धहरू उडाए ल्याउँछ अनि ती दुर्गन्ध यति भयानक गनाउँछ जसको बर्णन गर्नलाई शब्द नै नरहेको वृद्वले बताए।विगत दुई तीन बर्ष अधि यो मैला फाल्ने ठाउँ यहाँ हटटाउने कुरा चलेको थियो तर अहिलेसम्म हटटाएको छैन,यसको दुर्गन्धले सिस्ने गाउँका बासिन्दाहरू धेरै विमार हुदैछ, ५, ६ जना भन्दा धेर क्यान्सर रोगीहरू भई सकेको छ, नानीहरू त प्रायः जसो विमार नै भई रहन्छ भन्ने स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई बताए। सिस्नेमा डमपिङको निर्माण गर्न अधि यहाँको बाटोको निर्माण गरी दिन्छौ भनेर बताए तर बाटोको निर्माण गरी सकेपछि मैला फाल्ने ठाउँ बनाई दिए भन्दै शायद हामीलाई निर्धो देखेर हेपेको पो हो की भन्दै स्थानीय बासिन्दाहरूले एडवाडर्सले आफुहरूले भोग्दै आई रहेको समस्याहरू सुनाए। यसै संदर्भमा हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता लाडुप घिसिङले उपस्थित भीडलाई सम्बोधन गर्दै विगतका दिनहरूमा हामीले सिस्नेको यो डमपिङ ग्राउण्ड हटटाउन भगीरत प्रयास गरेका थियौ अनि त्यस अवधि हामीले सम्बंधित विभागीय अधिकारीहरूलाई पत्रचार पनि गरेका थियौ। मिरिक नगरपालिकामा तृणमूल काग्रेसको बोर्ड गठन भएपछि तोकलाङमाथि मैला फाल्ने ठाउँ बनाए अनि त्यहाँ कुहिने नकुहिने मैलाहरूको लागि ठाउँ पनि बनाउने कार्य भएको थियो तर आजसम्म त्यो निर्माण कार्य पूरा हुन सकेको छैन घिसिङले भने।एलवी राई अहिले कोही पनि होइन केवल उनी प्रशासक मात्र हो तर हामीले मिरिक नगरपालिकामा एक जना वित विभागीय अधिकारी आएको छ अनि उसले राम्रो काम गर्छ भन्ने सुनेको छु घिसिङले भने। मिरिक थर्पु चिया बगानको श्रमिकहरू यही नै खाजा खानू आउँछ अनि विधार्थी नानीहरू यौ बाटो भएर हिडछ। यहाँ विकाशको नाममा धेरै भष्ट्रचार भई रहेको छ,यसको जाँच हुन पर्छ। मिरिक नगरपालिकाले गिल्लो र सुक्खा मैला उठाउँने दुईवटा अलग अलग गाडी राखेको तर, मान्छे र मिडियाले देख्दा राम्रो काम हुदै रहेछ भन्ने बुझदैछ तर ती मैलाहरू डमपिङ ग्राउण्डमा फाल्ने काम गरेर जनतालाई झुकाउँने काम गर्दैछ घिसिङले भने। यसै संदर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले उपस्थित भीडलाई सम्बोधन गर्दै अधि भने सिस्नेको बासिन्दाहरू माथि भई रहेको अन्यायको विरोधमा हामी अवश्यै कदम उठाउँने छौ अनि हामीको विरोध अवश्यै गर्ने छौ एडवाडर्सले भने।