नामनाङको एउटा घरमा चोरी

the_burglar_always_rings_twice_600x.jpg

गान्तोक: राजधानी गान्तोकको नामनाङमा चोरीको घट्ना प्रकाशमा आएको छ। पुलिस सूत्रकाअनुसार नामनाङ निवासी एकजना निर्मल अगरवालको घरमा चोरी भएको हो। पीड़ितले पुलिसलाई दिएको जानकारीअनुसार चोरले उक्त घरबाट ३ लाख ३५ हजार मूल्यको स्वर्ण आभूषण, २५ हजार मूल्यको चाँदीको आभूषणसँगै ५० हजार रुपियाँ पनि चोरी गरेको छ। प्राप्त जानकारीअनुसर पीड़ित परिवार आफन्तको विवाह समारोहमा सहभागी बन्न भनेर 8देखि १६ मार्चसम्म गान्तोक बाहिर गएका थिए। यसै अवधि चोरले घरमा पसेर चोरी गरेको अनुमान लगाइएको छ। १६ मार्चको दिन निर्मल अगरवालको परिवार घर फर्केर आउँदा चोरीको घट्नाबारे थाहा पाएपछि सदर थानामा प्राथमिकी दर्ता गराएको हो। पुलिसले मामिला दर्ता गरेर जाँच शुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *