आठ दिनको पुलिस हिरासतमा पठाइयो पक्रा परेका भाजपा नेता जितेन्द्र तिवारीलाई

CollageMaker_2023319165245967.jpg

आसनसोल: भाजपा नेता जितेन्द्र तिवारीलाई आठ दिनको पुलिस हिरासतमा पठाउने आदेश दिएको छ। त्यही आइतवार जितेन्द्र तिवारीलाई कोर्टबाट बाहिर निकालेको समय भाजपा कार्यकर्ताहरूले मार्गमा धरना दिए। पुलिस विरूद्ध जमेर नारा लगाए। भाजपा नेता जितेन्द्र तितवारीको गिरफ्तारीले आसनसोलमा तनाव बढेर गएको छ।
आसनसोलका पूर्व मेयरलाई शनिवार पक्राउ गरेपछि आसनसोल नर्थ थाना पुलिसले राति उनलाई थाना लगेर गयो उनलाई आइतवार बिहान आसनसोलको विशेष अदालतमा पेश गरियो। पेशाले उकील भाजपा नेताले कोर्टमा आफ्नो वकालत गरे। यसअघि पुलिसले घेरिएका जितेन्द्रले अदालत गएको समय भने, तृणमूल सरकार वा पुलिस होइन, आसनसोलका मानिसहरूले अन्तिम फसेला गर्नेछन्। उनले २०२४ को लोकसभा चुनाउहरूतिर इशारा गरे। त्यही, उनले कोर्टमा आफ्नो वकालत गर्दै भने, सुप्रिम कोर्टमा भोली अर्थात् सोमवार यस मामिलामा सुनवाई हुनेछ। यसैले मलाई पुलिस हिरासतमा पठाइयोस् तर दुई दिनको निम्ति। त्यसपछि सुप्रिम कोर्टको फसेलाको आधारमा आवश्यकता परे १२ दिनको पुलिस हिरासतमा दिइयोस्। तर आज दुई दिनको पुलिस कस्टडी दिइयोस् यद्यपि, न्यायाधीशले उनको याचिकालाई खारेज गर्दै उनलाई आठ दिनको पुलिस हिरासतमा पठाए। पुलिसले उनी विरुद्ध भारतीय दण्ड संहिताको धारा ३०४ (अनैच्छिक हत्या), ३०८ (अनैच्छिक हत्याको प्रयास), ३४ धारा (संयुक्त रूपमा कुनै घटनाको आयोजन गर्नु) अन्तर्गत मामिला दर्ता गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *