शान्तनुको करीबी प्रमोटरको सल्ट लेक अफिसमा ईडीको छापामारी

kuntal-sixteen_nine.jpg

कोलकाता: शान्तनु ब्यानर्जीको करीबी मानिने प्रमोटर अयन घोषालको सल्ट लेक स्थित कार्यालयमा ईडीले छापा मारेको छ।
इडीको तलाशी अभियान जुन शनिवार रातिदेखि शुरू भएर आइतवार दिउँसोसम्म जारी रह्यो। ईडी सूत्रहरूको दाबी छ, छापामारीमा त्यस अफिसबाट भर्तीसित सम्बन्धित
धेरै दस्तावेजहरु फेला पारेका छन्। अयनको कार्यालयमा शिक्षक अभ्यार्थीहरूको नामहरूको सूची भएको धेरै दस्तावेज पनि भेटिएको छ। जाँचकर्ताले सरकारी अधिकारी नभएपनि एक प्रमोटरको कार्यालयमा यति महत्वपूर्ण दस्तावेज कसरी पुग्यो, यसको जाँच गरिरहेका छन्। ईडी सुत्रहरू अनुसार रोजगारसित जुड़ेका दस्तावेजहरू बाहेक सम्पत्तिसित जुड़ेका केही दस्तावेज पनि फेला परेको छ। यसअघि ईडीका अधिकारीहरूले शनिवार बालागढ़को एक रिसोर्टमा शान्तुको करीबी केही मानिसहरूसित सोधपुछ गरेको थियो। साथै ईडीको एक टीम अयनको घर पनि पुगेको थियो। शान्तनुको जगुदास पाड़ामा अयनद्वारा विकसित आवासमा एउटा फ्ल्याट छ ईडीले प्रमोटर अयन र उसका माता-पितासित पनि सोधपुछ गयो। घरको तलाशी पनि लिइयो अयनको घरबाट निस्केको समय ईडीका अधिकारीहरूको हातमा धेरै फाइलहरू नजर आयो। अयनको पारिवारिक सूत्रहरू अनुसार, ईडीका अधिकारीहरूले धेरै कागजपत्रमा अयनको पिता सदानन्द शीलको हस्ताक्षर लिए। सदानन्दले भने, ईडीका अधिकारीहरूले मेरो घरको तलाशी लिए। ईडीले मसित के मेरो छोरा (अयन) भर्ती घोटालामा सामेल छ भनी जान्न चाहन्थ्यो। मेरो छोरा कुनै भ्रष्टाचारमा सामेल छ वा छैन, यो बताउनु मेरो लागि सम्भव छैन। यद्यपि, म ईडीलाई जाँचमा हरसम्भव सहयोग दिनेछु। ईडी सूत्रहरू अनुसार, अयनले तीन वर्षअघि सल्ट लेकको एफडी ब्लकमा अफिसको निम्ति एउटा घर भाडामा लिएको थियो। त्यस घरको मालिक शैबल चक्रवर्तीले बताए, जब अयनले तीन वर्षअघि घर भाडामा लिएको थियो, तब उसले आफूलाई एक फिल्म प्रोडक्शन हाउसको निम्ति काम गर्ने कर्मी बताएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *