सिङताम: बेड खाम्दोङको भीरकुना निम्न माध्यमिक विद्यालय छेउका आठवटा घरसहित मकै र सुन्तला फसलहरुलाई असिना पानीले क्षति पुऱ्याएको छ। असिना पानीले गुप्त बहादुर राई, कुमार राई, मञ्जु राई, कोजानी कुमार राई, चित्र बहादुर राई, उर्मिला राई, धन कुमार राई अनि जीवन राईको घरलाई क्षति पुगेको छ। बेङ खाम्दोङ फाटकको सड़कको नाला बन्द भएकाले नालाको पानी ओभर फ्लो भएर घर र फसलहरुलाई क्षति पुयाएको स्थानीय पीड़ितहरुले बताएका छन्। यस नालीको मरम्मतिको निम्ति सम्बन्धित विभागले यथाशीघ्र पहल पहल गर्दै भल-पह्रो पीड़ितहरुलाई सरकारले क्षतिपूर्ति प्रदान गरियोस् भनी उनीहरूले आग्रह गरेका छन्।