रिले भोक हडताल स्थगित

Relay-Hunger-Strike-1

बानरहाट: अन्ततः राज्य सरकारले चिया श्रमिकहरूको हाजिरामा १५% वृद्धि गर्ने विज्ञप्ती जारी गरेपश्चात भारतीय टी वर्कर्स युनियनले विगत सा७ जूनदेखि लखिपाडा चियाबारीमा भइरहेको रिले भोक हडताललाई स्थगित गरेको छ| मङ्गलबार अनशनकारीहरूलाई भारतीय जनता पार्टीका नेता अनि कार्यकर्ताहरूले जुस अनि चाउचाउ खुवाएर अनसन उठाएका थिए| भारतीय टी वर्कर्स युनियनका बानरहाट ब्लक सभापति जयराज विश्वकर्माले भने, राज्यका मुख्यमन्त्रीले जुन प्रकारले १५ प्रतिशतको वृद्धि गरेर विज्ञप्ति जारी गरेको छ यो अत्यन्तै दुख लाग्दो हो| न्यूनतम मजदूरीको निम्ति १८ पटक सभा बसेको थियो| कुनै अन्तरिम व्यवस्था बिना नै यसरी घोषणा गर्नु  श्रमिकहरूको हितमा नभएको स्पष्ट देखिएको छ| चॉंडै नै कोर कमिटीको सभा बसी आगामी दिनको रणनीति तयार गरिने उनले थप बताए| भारतीय टी वर्कर्स युनियनका संयोजक भिक्टर बारलाले भने, आज राज्यकी मुख्यमन्त्रीले जसरी १५ प्रतिशत वृद्धि गरेको विज्ञप्ति जारी भएको छ यो श्रमिकहरूको निम्ति अत्यन्तै दुःखदायी हो| श्रमिकहरूको हितमा कतै पनि नभएको उनले बताए|

यसका साथै डबली पहिला पैसाको निम्ति पनि कुनै सुनुवाइ भएको छैन| आज रिले अनसन उठाइए तापनि आगामी दिनमा योभन्दा बृहत् आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन्| बानरहाट  ब्लकका सञ्जित गुरुङले पनि मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा घोषणा गरिएको विज्ञप्तिको विरोध गर्दै यसले श्रमिकहरूलाई अझ धेर मर्कामा परेको बताए| यसका साथै स्टाफ अनि सब स्टाफहरूको निम्ति पनि कुनै प्रकारको पहल नगरिएकोले रोष प्रकट गर्दै तिनले मुख्यमन्त्रीको विज्ञप्तिलाई  कटाक्ष गर्दै भने मुख्यमन्त्रीले वान मेन आर्मीको नीति अप्नाइरहेको पनि उनले बताए| ‘यदि श्रमिकहरूको हितमा हुँदो हो त १८ पटकको बैठक असफल हुने थिएन| आज राज्य सरकारद्वारा विज्ञप्ति जारी गरेपश्चात अनसन उठाउन परेको भए तापनि आगामी दिनमा योभन्दा बृहत आन्दोलन गर्नेछौं,’ उनले भने|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *