सोनादा: आशारिका फाउण्डेशन रङ्गबुलद्वारा दुईजना बिमारीहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन्। अप्पर जोसनहट्टा सोनादा निवासी ९ वर्षीय छोरी अरुणा छेत्री
ब्लड क्यान्सरको रोगले ग्रसित साथै अप्पर जोसनहट्टा सोनादा निवासी ६० वर्षका फुर्बा भोटिया भुँडीको क्यान्सरको रोगले ग्रसित भएको आशारिका फाउण्डेशनलाई खबर प्राप्त भएपछि उपचारको लागि आर्थिक सहयोग प्रदान गरेका छन्। उनीहरु दुवैको परिवारको आर्थिक आयस्रोत कमजोर भएकोले आशारिका फाउण्डेशन रङ्गबुलद्वारा दुईजना बिरामीहरुलाई (१०,०००) दश हजारको आर्थिक सहयोगको रकम उनीहरुको परिवारलाई हस्तान्तरण गरेका छन्। आशारिका फाउण्डेशन रङ्गबुलले क्यान्सरको बिरामीहरुलाई मात्र सहयोग गर्दै आईरहेको बताइएको छ। आजको कार्यक्रममा आशारिका फाउण्डेशन रङ्गबुलका सचिव रुपेश छेत्री र सदस्यहरु सन्तोष लामा, राम लामा, मिल्रनी प्रधान र छिरिङ्ग आमुङगू भुटिया उपस्थित थियो। अन्त्यमा आशारिका फाउण्डेशनद्वारा दुईजनाको चाँडै नै सुस्वस्थ्य होस् भनी भगवानप्रति प्रार्थना गरिएको जानकारी प्राप्त भएको छ।