चिया श्रमिकहरुको वेतन वृद्धि भेदभावपूर्ण रहेको सांसद राजु विष्टको आरोप   

Raju-Bist

 सिलगढी: पश्चिम बङ्गाल सरकारद्वारा मङ्गलबार एउटा ज्ञापन जारी गरेर चियाबगानका दैनिक श्रमिकहरूको वेतनमा प्रतिदिन रु.३०/-, अनि स्थायी कर्मचारीहरूको वर्तमान सकल वेतनमा १५% वृद्धि गर्ने घोषणा गरिएको छ। यस बारेमा भाजपाका सांसद राजु बिष्टले विज्ञप्ति जारी गरेर यसो भनेका छन्, ‘यो नाम मात्रको लागि गरिएको वेतन वृद्धि भेदभावपूर्ण छ र यसले पश्चिम बङ्गाल सरकारद्वारा हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका हाम्रा चिया बगान श्रमिकहरूप्रति गरिएको घोर अन्यायलाई छर्लङ्ग पार्दछ। संसदद्वारा नयाँ श्रम कानूनहरू पारित गरिएर बगान श्रमिकहरूको गरिमापूर्ण जीवन-यापनाका लागि आवश्यक न्यूनतम वेतनको स्वतः ग्यारेण्टी प्रदान गरिएता पनि टीएमसी सरकारले ती कानून आजसम्म लागू गरेको छैनl’ पश्चिम बङ्गालमा अदक्ष श्रमिकहरूको न्यूनतम दैनिक ज्याला करिब रु.३५०/- जति रहेको उजागर गर्दै उनले भने, ‘जबकि चियाबगानका उच्च दक्षताप्राप्त श्रमिकहरूलाई यसको सानो हिस्सा मात्रै भुक्तान गरिन्छ। नयाँ श्रम कानूनहरू लागू गर्नमा ढिलाईले गर्दा चियाबगान र सिन्कोना बगान श्रमिकहरू उनीहरूलाई एक गरिमापूर्ण जीवन स्तर प्रदान गर्न संविधानद्वारा ग्यारेण्टी दिइएको उपयुक्त वेतनबाट वञ्चित छन्l’

विज्ञप्तिमा सांसद राजु बिष्टले अझ यसो भनेका छन्, ‘त्यसैमाथि, शङ्कास्पद के छ भने सिलगढ़ी महकुमा परिषद (एसएमपी), अनि जीटीए चुनाव घोषणा गरिएपछि पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले चियाबगान श्रमिकहरूको वेतन उहाँले बढ़ाउनुहुनेछ भनी घोषणा गरेको लगत्तैपछि यो वृद्धि गरिएको हो। जीटीए र एसएमपी क्षेत्रमा, हजारौँ चिया बगान श्रमिकहरू छन्, अनि तथाकथित ‘अन्तरिम वृद्धि’को घोषणा चिया बगान श्रमिकहरूद्वारा भोगिराखिएको तीव्र आर्थिक तनावको समाधान गर्ने उद्देश्यले नभएर, तृणमूल कांग्रेसको पक्षमा भोट आकर्षित गर्ने उद्देश्यले मात्रै गरिएको होl’ पश्चिम बङ्गाल सरकारले राज्यमा संसदद्वारा पारित गरिएका नयाँ श्रम कानूनहरू तुरुन्तै लागू गरोस् भन्ने माग गरेका छन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *