गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतबार बिहान गान्तोक स्थित आफ्नो सरकारी आवास मिन्तोकगाङमा विभिन्न नृत्य अकादमीका कलाकारहरूसॅंग भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्। मुख्यमन्त्री तामाङले बिहान मिन्तोकगाङमा विभिन्न नृत्य अकादमीहरू युनाइटेड सुखिम, डाइन्मिक फ्लिकर्स, टुइस्ट एण्ड टोस र तपश्री डान्स एकेडेमीका कलाकारहरूसॅंग भेट गरे। हिजो राति आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरूको आकर्षक प्रस्तुतिबाट आफू प्रभावित भएको बताउॅंदै मुख्यमन्त्रीले उनीहरूका प्रयासलाई सहयोग गर्ने वचन दिएका छन्।