कोलकाता: आइतवार बिहान कोलकाताको टलीगञ्जस्थित एउटा बांग्ला फिल्म स्टूडियोमा आगो लाग्यो। यसको सूचना पाएपछि घटनास्थलमा पुगेको अग्निशमन विभागको तीनवटा गाडीले दुई घण्टाभन्दा धेरै समयसम्म अथक प्रयास गरेपछि आगोलाई नियन्त्रणमा लिएको छ। अग्निशमन विभाग सूत्रहरू अनुसार, बिहान लगभग साढ़े पाँच बजी ए वान स्टुडियोमा आगो लाग्यो। स्थानीय मानिसहरूले यसको सूचना पुलिस अग्निशमन विभागलाई दिए। स्टूडियोमा काठ कागज र कोइलाका सर सामानहरू धेरै रहेकाले आगो द्रुत गतिमा फैलिएको थियो। यसावधि घटनास्थल छेउछाउबाट नानीहरू र वृद्धहरूलाई सुरक्षित स्थानहरूमा लैजाने काम गरिएको थियो। यस घटनामा कसैको ज्यानलाई हानि नभए पनि सम्पत्तिलाई भने निकै क्षति पुगेको बताइएको छ।