तिमी टी ट्रेल रनको आयोजना

IMG-20230319-WA0285.jpg

नाम्ची: सिक्किमको चिया पर्यटनको प्रवर्द्धन, भारतको अध्यक्षतामा आयोजन भइरहेको जी २०, दिगो विकासको निम्ति जिम्मेवार पर्यटन र स्वास्थ्यप्रति जागरूकता फैलाउने उद्देश्यका साथ आइतवार तिमी चिया बगानमा ‘तिमी टी ट्रेल रन सफारी २०२३’ आयोजन गरिएको थियो भने यस दौड़मा १५० भन्दा धेरै धावकहरूले भाग लिए। ‘तिमी टी ट्रेल रन सफारी २०२३’ को शुभारम्भ ग्लोबल फार्मा, बांग्लादेशका निदेशक एवं सीईओ अक्म अहसान उल्लाह, राज्य पर्यटन विभागका संयुक्त सचिव मार्कस पी. राई र भारत सरकारका पूर्व सहायक निदेशक एसआर चौधरीले झण्डा हल्लाएर गरेका थिए। यो दौड़ कुल तीन भागमा विभाजन गरिएको थियो जसमा २० किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर वर्गमा रहेको थियो। तिमी चिया बगानको रमणीय स्थलमा आयोजित दौड़ा १५० भन्दा धेरै धावकहरू सहभागी बनेका थिए। धावकहरू सिक्किमलगायत पश्चिम बंगाल, हरियाणा, गुजरात महाराष्ट्र र बांग्लादेशबाट पनि सहभागी बनेका थिए। धावकहरू भारी वर्षाबीच पनि उत्साहका साथ दौडमा सहभागी बने। राज्य पर्यटन एवं नागरिक उड्डयन विभागको समथर्नमा आयोजित दौड़का विजेताहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement