तृणमूल सरकार होइन, जनताले गर्नेछ अन्तिम निर्णयः जितेन्द्र तिवारी

CollageMaker_2023319165245967.jpg

आसनसोल: कंबल काण्डमा भारतीय जनता पार्टीका नेता जितेन्द्र तिवारीलाई पक्राउ गरिएको खबरले शहरमा तनाउको स्थिति उत्पन्न भएको छ। नर्थ थाना पुलिसले पूर्व मेयर जितेन्द्र तिवारीलाई शनिवार राति पक्राउ गरेपछि उनलाई थाना लिएर आए भने आइतवार बिहान आसनसोलको विशेष अदालतमा पेश गरे। कोर्ट जाने क्रममा पुलिसले घेरिएका जितेन्द्र तिवारीले भने, तृणमूल सरकार अथवा पुलिसले होइन, आसनसोलका जनताले अन्तिम निर्णय गर्नेछन्। यसावधि उनी २०२४ को लोकसभा चुनाउतिर इशारा गर्दै आफ्नो कुरा राखिरहेका थिए। जितेन्द्र तिवारीले कोर्टमा आफ्नो कुरा आफु स्वयंले राखेका थिए। उनले भने, सुप्रीम कोर्टमा भोलि सोमवार यस मामिलाको सुनवाई हुनु छ, यस कारण मलाई दुई दिन पुलिस हिरासतमा पठाइयोस्। यसपछि, सुप्रीम कोर्टको निर्णयको आधारमा आवश्यकता परेको खण्डमा १२ दिनको पुलिस हिरासतमा पठाइयोस्। न्यायाधीशले अहिले फसेला सुरक्षित राखेको छ। उल्लेखनीय छ, गत वर्ष १४ दिसम्बरमा आसनसोलको २७ नम्बर वार्डका पार्षद जितेन्द्र तिवारीकी पत्नी चैताली तिवारीको पहलमा कंबल वितरण समारोह आयोजित गरिएको थियो। समारोहमा नेता प्रतिपक्ष शुभेन्दु अधिकारी पनि उपस्थित थिए उनी कार्यक्रमबाट गएपछि कंबल लिन मानिसहरूको घुँइचो लागेको थियो। यस अवधि मचिएको भगदडमा धेरै मानिसहरूको मृत्यु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement