अलिपुरद्वार: अलिपुरद्वारको उत्तरी कामसिङ गाउँको हिरायशी क्षेत्रमा अर्ना भैँसी प्रवेश गरेकोले क्षेत्रमा त्रास फैलिएको छ। उक्त अर्ना भैँसीलाई मानिसहरूले लखेटिएपछि पहिले बाँसको झ्याङ्गमा शरण लिएको थियो। पछि उक्त भैँसी मथुराको चिया बगानमा पऱ्यो। गाउँको अर्ना भैँसी पसेको सूचना पाएपछि जल्दापाडा वन विभागको चिलापाता क्षेत्रका वनकर्मी आएर अर्ना भैँसीलाई बेहोसको सुई लगाएर लिएर गयो।