गान्तोकः केन्द्रिय वाणिज्य एवं उद्योग राज्य मन्त्री सोम प्रकाशले आइतवार बिहान राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग भेट गरे। केन्द्रिय मन्त्री सिक्किममा आयोजन भइरहेको जी२० शिखर सम्मेलन अन्तर्गत स्टार्टअप २० सिक्किम सभामा सहभागी बन्न सिक्किम आएका छन्। यस भेट अवधि राज्यपाल र केन्द्रिय मन्त्रीबीच राज्यको विकाससॅंग सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा गरिएको जानकारी राज भवनले दिएको छ।
राज्यपाल आचार्य र केन्द्रिय मन्त्री प्रकाशले हिजो राजधानीको एमजी मार्गमा लगाइएको जी२० स्टल्सको भ्रमण गरेका थिए। यहॉं राज्यका एसएचजी, एफपीओ र उद्यमीहरूले आफ्ना उत्पादहरू बिक्री एवं प्रदर्शनीको निम्ति राखेका छन्।