गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोना भाइरसको संख्यामा घटबढ भइरहेको छ। यसै क्रममा आज एउटा पनि कोरोना संक्रमित रोगी पेला न परेको विभागले जानकारी गराएको छ। कोरोना संक्रमणपछि उपचाराधीन २ जना निको भएर सामान्य जीवनमा फर्किएका छन्।
राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो ६२ जनाले कोरोनाको जाँच गरेका थिए, जसकसैमा संक्रमण पाइएन। ६२ जनाको नमूनामध्ये सर्वाधिक गान्तोक जिल्लाबाट ५४ जना, पाकिमबाट ७ जना र सोरेङ जिल्लाबाट १ जना थिए। हाल राज्यमा कोरोनाको सक्रिया मामिला ४ रहेको छ।
कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३३२ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४४ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।
About Author
Post Views: 135