राजस्थानमा स्वास्थ्य विधेयकको विरोधमा आन्दोलन जारी: निजी अस्पतालहरू बन्द गर्ने निर्णय

00-1-Hopital-Rep-Picture

जयपुर: राजस्थान सरकारले ल्याएको स्वास्थ्य अधिकार विधेयकको विरोध लगातार बढ्दै गएको छ। जसका कारण शनिबार राति राज्यका सबै निजी अस्पतालका चिकित्सकहरुले आ–आफ्ना अस्पताल बन्द गर्ने निर्णय गरेका छन्। संयुक्त कार्य समिति राजस्थानका मिडिया अध्यक्ष डा. सञ्जीव गुप्तले मुख्यमन्त्री अशोक गहलोतसँग गत २३ फरवरीमा संयुक्त कार्य समितिको सफल वार्ता भए पनि राज्यका उच्च अधिकारीहरूले पालना नगर्दा राज्यका सबै चिकित्सक आक्रोशित रहेको बताए। ज्वोइन्ट एक्सन कमिटीका अध्यक्ष तथा इण्डियन मेडिकल एसोसिएसन राजस्थानका अध्यक्ष डा. सुनिल चुगले राज्यका सबै निजी चिकित्सकहरू आन्दोलन गर्न बाध्य भएको बताए। त्यसैले शनिबार रातिदेखि राज्यका सबै निजी अस्पतालमा चिरञ्जीवी योजना र आरजीएचएस बहिष्कार शुरु गर्नुका साथै हडतालका क्रममा राज्यका सबै निजी अस्पताल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement