कावाखाली एसियन हाईवे २ नयाँ आउटपोस्ट हुने

IMG_20220614_221652.jpg

सिलगढी: कावाखाली एसियन हाईवे २ सडक दुर्घटना कम गर्ने साथै नजरदारी राख्नको निम्ति कावाखालीमा ट्राफिक पुलिसको नयाँ आउटपोस्ट बनाइरहेको छ। भोलिदेखि त्यहाँ अस्थायी रूपमा आउटपोस्ट बनाएर ट्राफिक पुलिसले कार्य शुरू गर्ने भएको छ। यहाँ सब इन्स्पेक्टर लगायत एकजना ओसी पनि रहनेछन्। कावाखाली एसियन हाईवे २ खतरनाक रहेकोले यहाँ प्रायःजसो सडक दुर्घटना हुने गर्दछ भने दुर्घटनामा धेरैजनाले प्राण समेत गुमाइसकेका छन्। ट्राफिक एडीसीपी पूर्णिमा शेर्पाले आज राष्ट्रिय राजमार्ग कर्तृपक्षका अधिकारीहरूलाई साथमा लिएर कावाखाली एसियन हाईवे २-को निरीक्षण गरिन्। सडक दुर्घटनामा रोक लगाउने उद्देश्य लिएर त्यहाँ ट्राफिक पुलिसका कर्मीहरू तैनाथ रहने साथै राष्ट्रिय राजमार्ग कर्तृपक्षको तर्फबाट कावाखाली नजिक सडेक्रमा यम्बल स्ट्रिप बिछाइनेछ। यसले गर्दा सडकमा वाहनहरूको गति कम्ती हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *