गान्तोकः वर्ष २०१४ को विधानसभा चुनाउमा आफुलाई तत्कालिन मुख्यमन्त्री पवन चामलिङले बलीको बोको बनाएको आरोप कुमारी थापा मंगरले लगाएकी छन्। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त आरोप लगाएकी हुन्। कुमारी थापा मंगरले वर्ष २०१४ को आम चुनाउमा एकातिर पूर्व मुख्यमन्त्री चामलिङले आफुलाई टिकट दिएको र अर्कोतिर उनको भाई आरएन चामलिङलाई सहयोग गरेर चुनाउ जिताएको दाबी गरिन्। त्यस समय पवन चामलिङ र उनका भाई आरएन चामलिङ एकअर्कासॅंग नमिलेको जस्तो गरेर आफुलगायत सम्पूर्ण जनताको ऑंखामा धुलो हाल्ने काम गरेको पनि उनले आरोप लगाइन्। उनले हिजो याङगाङ राङगाङ निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा चामलिङ र उनका सहयोगीहरू टनलमा हेलमेट लगाएर गए जसरी आएकोमा आपत्ति जनाइन्। आफ्नो जन्मथलोमा आउॅंदा पनि चामलिङले किन असुरक्षित महसुस गर्नु पऱ्यो भन्दै उनले प्रश्न तेर्साइन्। यसरी हेलमेट लगाएर आएकोमा याङगाङका सम्पूर्ण जनता दुःखी बनेको उनले थप बताइन्।
चामलिङले कार्यक्रममा उनको सरकारले नारीहरूको सम्मान गर्ने काम गरेको थियो भनी गरेको दाबीलाई कुमार थापा मंगरले सत्य नरहेको बताइन्। उनले चामलिङको सरकारमा व्यापक रूपमा कीर्ते पर्चाहरू निकाल्ने काम भएको थियो भनी स्मरण गराइन्। अर्कोतिर, वर्तमान सरकारले नारीहरूको हितमा धेरै कल्याणकारी योजनाहरू शुरूवात गरेको उनले बताइन्।