सिक्किम राज्यमा नेपाली चलचित्र कबड्डी ४ को रिलिजमा प्रतिबन्ध

IMG-20220614-WA0180.jpg

गान्तोकः अन्ततः सिक्किम सरकारले नेपाली चलचित्र कबड्डी ४ को रिलिजमा प्रतिवन्ध लगाएको छ। राज्यमा यो चलचित्र रिलिज हुन तीन दिन अघि सरकारले प्रतिबन्धको घोषणा गरेको हो। स्वयं मुख्यमन्त्री पीएस गोलेले सामाजिक सञ्जालमा यसको जानकारी दिएका छन्। चलचित्रलाई लिएर छिमेकी राष्ट्र नेपालमा सिर्जना भएको विवादको प्रतिक्रिया सिक्किममा पनि देखिएपछि जनभावनालाई सम्मान गर्दै नेपालमा विवाद साम्य नभएसम्मको निम्ति चलचित्रको रिलिजमा प्रतिवन्ध लगाइएको मुख्यमन्त्रीले जानकारी दिएका छन्।

उल्लेखनीय छ, चलचित्र कबड्डी ४ नायिका मिरुना मगरले एकजना लामा माथि कथित रुपमा दुर्व्यवहार गरेको घट्ना प्रकाशमा आएपछि सिक्किममा यो चलचित्र रिलिज हुन नदिने माग उठ्दै आएको थियो। यसै विषयलाई ध्यानमा राखेर सरकारले विवाद साम्य नभएसम्म सिक्किममा कबड्डी ४ को रिलिजमा प्रतिबन्ध लगाएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *