कालचिनीः उच्चमाध्यमिक परीक्षा चलिरहेकोबीच शनिबार विहान कालचिनी हिन्दी स्कूल गेट अघि तृणमूल छात्रा परिषद (टीएमसीपी) का छात्रा नेताहरूले परीक्षार्थीहरूलाई परीक्षा केन्द्र प्रवेश गर्न अघि पानीको बोतल र केक वितरण गर्दै परीक्षा राम्रो लेख्न शुभकामना दिए।

यस अघि माध्यामिक परीक्षार्थीहरूलाई पनि तृणमूल छात्रा परिषदले पानी र केक वितरण गरेको र आज पनि परीक्षार्थीहरूको हौसला बढ़ाउन यो काम गरीएको टीएमसीपी कालचिनी ब्लक सभापति हैदर अली अन्सारीले जनाएका छन्।