कोलकता: तृणमूल कङ्ग्रेसका नेता तथा पूर्व केन्द्रीय मन्त्री मुकुल रोयको कोलकताको अपोलो अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको छ। बिहीबार उनको शल्यक्रिया गरिएको थियो। डाक्टरहरूले उनको मस्तिष्कमा चिप राखेका छन्। चिपका कारण मुकुल रोयको मस्तिष्कमा पानी जम्ने समस्या निकै कम हुने पारिवारिक स्रोतले जनाएको छ। विगत दुई वर्षदेखि न्यूरोलोजिकल समस्याका कारण उनको टाउकोमा बारम्बार पानी जमिरहेको थियो। उनको परिवारले समस्याको स्थायी समाधानका लागि चिकित्सकसँग सम्पर्क गरेका थिए। मुकुल रोयको परिवारले चिकित्सकको सल्लाह अनुसार स्थायी समस्याको समाधान खोज्ने निर्णय गरेका छन्। हाल उनको अवस्था स्थिर रहेको बताइएको छ।