चालकहरूलाई पुलिस प्रशासनद्वारा सचेतनामूलक कार्यक्रम

POL.jpg

दार्जिलिङ: दार्जिलिङ पुलिस प्रशासन र सदर टाउन ट्राफिक कार्यालयको पहलमा आज वाहन चालक सङ्घका प्रतिनिधिहरूलाई लिएर सेफ ड्राइभ सेभ लाईफ-बारे सचेतनामूलक कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा आगामी महिना जी-२० प्रतिनिधिहरूको चार दिनको भ्रमण अनि आगामी अप्रैल, मई, जून र जुलाईको पर्यटन सिजनको बारेमा पनि तिनीहरूलाई सचेतनामूलक आवश्यक जानकारी गराइएको बताइएको छ। आजको सचेतनामूलक कार्यक्रमबारे दार्जिलिङ पुलिसका डीएसपी, दार्जिलिङ सदर टाउन ट्राफिक अरिन्दम अधिकारीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement