घैयाबारी-२ मा लैंगिक समानतालाई प्रमुखता दिँदै जनचेतनामूलक कार्यक्रम     

00-1-SAG-2db19982-21ae-406e-aaff-3b516bc9afef

एसएजी-(कन्याश्री प्रकल्प)को सक्रियतामा कार्यक्रमको पहल   

खरसाङ: पश्चिम बङ्गाल राज्य सरकारको परियोजना स्किम फर एडोलेसेन्ट गर्ल्स (एसएजी- कन्याश्री प्रकल्प) ले किशोरीहरूको मानसिक, सामाजिक, स्वास्थ्य विकासको निम्ति जनजागरण अभियान चलाउँदै आइरहेको छl यता खरसाङ महकुमा क्षेत्रमा गैर सरकारी संस्था कन्चनजङ्घा उद्धार केन्द्रद्वारा संचालित राज्य सरकारको यस परियोजना एसएजीले आईसीडीएस अधिनस्थ रहेर जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छl जनचेतनामूलक कार्यक्रमहरूमा विशेष रुपले समाजमा लैंगिक समानता सशक्त रहनुपर्ने, अर्ली म्यारिएज (छिट्टो गरिने बिहे वा बालविवाह) निर्मूल पार्ने विषयलाई प्रमुखता दिँदै आइरहेको छl  

यसै जन जागरण अभियानअन्तर्गत शनिबार (१८ मार्च) लैंगिक समानतालाई प्रमुख रुपमा अघि राखेर एसएजीको टीएम मेम्बरहरूले आईसीडीएसका सुपर भाइजर, गैर सरकारी संस्था फ्यामिली प्लानिङ एसोसिएसन (एफपीए) अफ् इण्डिया, कालचिनी ब्रान्च क्यासलटनको साथमा घैयाबारी-२ क्षेत्रमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियोl तीनधारे राजबारी जनसेवा केन्द्रमा सम्पन्न भएको कार्यक्रममा समाजमा लैंगिक समानतालाई सुदृड बनाउनु पर्नेबारे वक्ताहरूले जोड दिएl यसका साथै अर्ली म्यारिएज (छिट्टो गरिने बिहे वा बालविवाह)को नकारात्मक प्रभावबारे जानकारी दिँदै यसलाई निर्मूल पर्नुपर्नेबारेमा अवगत गराइयोl कार्यक्रममा मासिक धर्म र उचित साफसफाईबारेमा विशेष जानकारी दिइयोl त्यहाँ उपस्थित बालिकाहरू र किशोरीहरूलाई ५६ वटा सेनिटेरी प्याडहरू नि:शुल्क वितरण गरियोl सो प्याडहरूहरू वितरणका लागि एफएपीले एसएजीलाई उपलब्ध गराएको थियोl यस जनचेतनामूलक कार्यक्रममा एसएजीबाट प्रियंका विश्वकर्म, स्मृति छेत्री, स्नेहा तामाङ, आईसीडीएसबाट सुपरभाइजर छिरिङ याङ्की भोटियाका वर्करहरू, गैर सरकारी संस्था एफपीएबाट स्वेता मोक्तान सहभागी थिएl                     

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *