रंगीट चिया बगानको मालिकले श्रमिकहरूको अधीनमा रहेको सबै जमीनहरूको हक दिएको दाबी

image_editor_output_image-445252432-1679147023756.jpg

दार्जीलिङ: रंगीट चिया कमानको मालिकले ऐतिहासिक काम गरेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डले बताएका छन्। रंगीट चिया बगानको समस्याहरूको समाधान हेतु हिज सर्किट हाउसमा बैठक भएको थियो। आयोजित सभामा बगानको मालिक अजीत कुमार अग्रवालले चिया श्रमिक एंव रंगीट बासिन्दाहरूले उठाउँदै आएको सबै मांगहरू मानिलिएका छन्।सम्झौता पत्रमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्ड जीटीए चिफ् अनित थापाले गवाहीको रूपमा हस्ताक्षर गरेका छन्। यसै क्रममा उपस्थित रंगीट चिया बगानको श्रमिकहरू अनि बासिन्दाहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले रंगीट चिया बगानको मालिक अजित कुमार अग्रवालको उठाएको कदमलाई ऐतिहासिक बताए। रंगीट चिया बगानको मालिक अजित कुमार अग्रवालले बगानको श्रमिकहरू एंव वासिन्दाहरूको जमीनमा रहेको जमीनहरूमा उनीहरूले सबै थोक गर्न पाउने लिखित अधिकार दिएको छ। यो ऐतिहासिक विषय हो अध्यक्ष एडवाडर्सले भने। आज बन्द चिया बगानहरूमा ८ डेसिमल जमीनको पट्टा दिने कामहरू हुँदैछ तर रंगीट चिया बगानको मालिकले ८ डेसिमल होइन तर उनीहरूको अधीनमा रहेको सबै जमीनहरूमा सबै थोक गर्न सक्ने अधिकार दिएको छ। रंगीट चिया बगानको मालिकले श्रमिकहरू एंव वासिन्दाहरूमाथि जो उद्वारता देखाएको छ। त्यो चिया बगान मालिकहरूको निम्ति उदाहरणको रूपमा रहेको छ भन्ने अध्यक्ष एडवाडर्सले बताए। उनले अघि भने, रंगीट चिया बगानको श्रमिकहरू एंव वासिन्दाहरूको पक्षमा रोशन लामा, जितेन राई, अदित्या राई आदिले जो संघर्ष गर्दै आएको बेलामा मैले हामी सबै मिलेर रंगीट चिया बगानलाई एक उदाहरणको रूपमा बनाउनुपर्छ भनेको थिए अनि यो रंगीट चिया बगान चिया बगानहरूको एक उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्छ भन्ने बताएका थिए। अहिले विभिन्न ठाउँहरूमा होटलहरूको निर्माण हुदैछ, त्यसको रंगीट सुरक्षा समितिले जस्तै काम गर्न पर्छ भन्ने सवैलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आह्वान् गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *