पानीमा भष्ट्रचार गर्नु जस्तो ठूलो पाप संसारमा अरू छैन- अजय एडवार्ड

दाजीलिङ: पानीमा भष्ट्रचार गर्नु जस्तो ठूलो पाप संसारमा अरू केही नरहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले बताएका छन्। केन्द्र सरकारले हर घर जल योजना अनुरूप गाउँ-गाउँमा पानी पुराउने अभियान चलाएको छ अनि त्यो अभियान अनुरूप दार्जीलिङ पहाडको गाउँ गाउँमा पानीको पाइपहरू अनि नालाहरू जोड्ने कामहरू भईरहेको छ। तर गत केही दिन अघिदेखि सामाजिक सञ्जालहरूमा भुइँभरि पानीको पाइप लडिरहेको, रूखको फेदमा पानीको नालालाई डोकीले बाँधेको आदि जस्ता फोटोहरू भाइरल भईरहेको छ भन्दै हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव सभासद अजय एडवार्डले पानी जस्तो विषयमा भष्ट्रचार गर्नु भनेको त्योभन्दा ठूलो पाप अरू केही नरहेको बताएका छन्। उनले अघि भने, पानीलाई धर्म शास्त्रहरूलाई उच्च स्थानमा राखेको छ। इसाई धर्ममा पानीद्वारा बप्तिस्मामा दिने काम गरिन्छ भने हिन्दु धर्ममा पानीद्वारा शुध्दीकरण गर्ने गरिन्छ। कसैलाई पानी दिए त्यसलाई धर्म मानिन्छ तर यहाँ पानी जस्तो विषयमा भष्ट्रचार गर्दैछ। यो ठीक होइन।’
अजय एडवर्डले अझ भने, कतिजना भाइहरूले हर घर जल योजनाको ठेका भएको छ तर जीटीए चिफले ती भाइहरूलाई फोन गरेर भाइ यो काम छोडीदेउ न, तिमीहरूलाई जीटीएको अर्को काम दिन्छु समेत भन्दैछ। यो जो काम हुँदैछ यो जीटीएसंग कुनै सरोकार छैन। जस जसले यो काम पाएको छ -उनीहरूलाई फिर्ता मांग्ने काम गर्दैछ अनि जस जसले काम गर्दैछ उनीहरूलाई ७ प्रतिशतको दरले पैसा मांग्दैछ यो ठीक हो?’
उनले अझ भने, ‘हामी यस्तो विषयहरूमाथि जनतालाई जागरूक गराउन गाउँ गाउँमा जाँदैछौं। केन्द्र सरकारको यो हर घर जल योजना अब घरि घरि आउँदैन। त्यसकारण तपाईहरूले आफ्नो हक र अधिकारदेखि बञ्चित नहुनुहोस्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement