नगरपालिका क्षेत्रमा हाउस फर अल योजनाको भागोप्रमो टोलीद्वारा निरीक्षण

IMG-20230318-WA0188.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तथा जीटीएका मुख्य कार्यपाल अनित थापाले नगरपालिकाद्वारा सरकारी आवासीय योजना ‘हाउस फर अल’को घर बनाउनमा भईरहेको समस्यालाई निरीक्षण गरेर रिपोर्ट बुझाउन भनी दिएको निर्देशलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको पदाधिकारीहरूले अघि बढ़िरहेका छन्। यसै क्रममा खरसाङ टाउन कमिटीका प्रतिनिधिहरु दोस्रो दिन शुक्रवार वार्ड नम्बर 2 काे ल्याम्प पोस्ट अनि डाउहिल पाखामा निरीक्षण गर्न पुगेका थिए। उक्त टोलीले निरीक्षण गर्दै प्रत्येक लाभार्थीहरूकाे घर दैलोमा पुगेर उनीहरूको गुनासो र समस्यालाई बुझ्ने प्रयास गरेका थिए। यसको साथै एचएफएकाे घर लिएर खरसाङ नगरपालिकद्वारा जारी गरेको सरकारी दिशा निर्देशसंग अवगत गराउँदै लाभार्थीहरुको सठीक सूची जीटएका मुख्य कार्यपाल अनित थापालाई झट्टभन्दा झट्ट सुम्पिनको निम्ति तयारी गर्ने कार्य तीब्रताकाे साथमा गरिरहेको जानकारी प्राप्त भएको छ।

दोस्रो दिन पनि जनसेवाको निम्ति भागोप्रमो खरसाङ टाउन कमिटीका अध्यक्ष राजु शर्मा, उपाध्यक्ष सन्दीप बल, सह सचिव बीरबल पाख्रिन, कार्यकारीणी सदस्य राजेन प्रधान, संतोष पहरी, विकास तामाङ उपस्थित थिए।

यस कार्यमा वार्ड नम्बर २ नारी शक्तिकाे सह सचिव देविका प्रधान अनि वार्ड नम्बर ३ का प्यारेन्ट्स बडीका सह सचिव शिव छेत्रीकाे पनि विषेश सहयोग रहेको भागोप्रमोको खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव सञ्जय रावतले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement