केन विलियम्सन र हेनरी निकोल्सको रेकर्ड

CollageMaker_2023318161316922.jpg

१८ मार्चः हेनरी निकोल्स र केन विलियम्सनको जोड़ी शनिवार श्रीलंका विरुद्ध दोस्रो टेस्ट म्याचमा टेस्ट क्रिकेटको इतिहासमा दुई या त्यसभन्दा अधिकपल्ट ३०० रनको पार्टनरशीप गर्ने आठौं जोड़ी बन्यो। निकोल्स र विलियम्सनले वेलिंगटनको बेसिन रिजर्व मैदानमा श्रीलंका विरुद्ध दोस्रो टेस्ट म्याचको दोस्रो दिन यस उपलब्धिलाई हासिल गरे। विलियम्सन र निकोल्सले तेस्रो विकेटको निम्ति ३६३ रनको पार्टनरशीप गरी श्रीलंकाई बलरहरूलाई पूरा दिन सताए। टेस्ट क्रिकेटमा सर्वाधिकपल्ट ३०० या त्यसभन्दा अधिक रनको पार्टनरशीप गर्ने मामिलामा यो जोड़ी छैटौं स्थानमा पुग्यो। विलियम्सन र निकोल्सबीच ३०० भन्दा अधिक रनको यो दोस्रो पार्टनरशीप हो। यस सूचीमा सामेल अन्य जोड़ीमा माहेला जयवर्धने र कुमार संगकारा, डन ब्र्याडम्यान र विल पोन्सफोर्ड, माइकल क्लार्क र रिकी पण्टिंग, मोहम्मद यूसुफ र यूनिस खान तथा राहुल द्रविड़ र भीभीएस लक्ष्मण सामेल छन्। हाशिम अमला र ज्याक कलिस तथा हर्शल गिब्स र ग्रीम स्मिथ टेस्ट क्रिकेटमा ३०० भन्दा अधिक रनको तीनपल्ट पार्टनरशीप गर्ने खेलाड़ी हुन्। यसरी नै विलियम्सन आफ्नो करियरमा दुईपल्ट लगातार तीनवटा टेस्टमा शतक बनाउने न्यूजील्याण्डका पहिलो खेलाड़ी बनेका छन्। यसरी नै ३२ वर्षीय दिग्गजले वीरेन्द्र सहवाग, सचिन तेन्दुलकर र अन्य एकाधिक दिग्गजहरूका बराबरी गर्दै टेस्ट क्रिकेटमा आफ्नो छैटौं दोहोरो शतक बनाए। न्यूजील्याण्डको पहिलो ईनिंग्समा विलियम्सनले २९६ बलमा २३ वटा चौका र २ वटा छक्काको साथ २१५ रन बनाए। यसरी नै निकोल्सले २४० बलमा १५ वटा चौका र ४ वटा छक्काको साथ अविजित २०० रन बनाए। न्यूजील्याण्डले ४ विकेटमा ५८० रन बनाएर पहिलो ईनिंग्स घोषित गऱ्यो। जवाफमा श्रीलंकाले दोस्रो दिनको खेल समाप्त हुँदासम्म २ विकेट गुमाएर २६ रन बनायो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *