हाम्रो पार्टीले गाउँलेहरूको फोटो खिँचेर अनुमतिबिना नै फेसबुकमा हालेको आरोप

999a89de-7fd0-4ef9-8af0-e7fbf7868859

खरसाङ   : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारीको १२ नम्बर गाउँमा हाम्रो पार्टीले अन्जानमै फोटो खिँचाएर फेसबुकमा हालेको आरोप उठेको छ। १२ नम्बर गाउँको गाउँलेहरूको पक्षमा सदीप छेत्रीले केही दिन अघि हाम्रो पार्टीकोहरू चुनाव प्रचारमा आएर गाउँका सिधासादा गाउँलेहरूलाई फकाएर फोटो खिँचाएको अनि फेसबुकमा हालेर भाईरल बनाएको आरोप लगाएका छन्। सदीप छेत्रीले यस विषयमा गाउँमा सभा राखेर कसैको फोटो खिँचेर अनुमतिबिना नै फेसबुकमा हाल्नु राम्रो होइन अनि यसरी गाउँमा आएर चुपचाप फोटो खिँचेर गाउँलाई विभाजित गर्ने नीतिको विरोध गर्दछौं भनी बताएका छन् । उनले हाम्रो पार्टीको यस्तो नीति ठीक लागेन भन्दै यस्तो नीतिको विरोध गर्दछौं अनि हामी सम्पूर्ण गाउँवासीहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र अनित थापाको साथमा रहेको बताएका छन्। उनले मेरो पनि फोटो खिँचेर फेसबुकमा हालेको रैछ तर अनुमतिबिना कसरी फेसबुकमा हाल्यो भनी प्रश्न गर्दै यस्तो नीतिको विरोध गर्दछौं भनी बताएका छन्। त्यसरी नै सिविटार १२ नम्बर गाउँकी पिंकी छेत्रीले नयाँ मान्छे देखेर हामीले केही भनेनौं तर हामीलाई याद थिएन कि हाम्रो फोटो खिँचेर फेसबुकमा हाल्छन् भनेर याद नभएको कुरा बताइन् । उनले हामी भोट माग्नु आएको र हाम्रो चिन्ह राख्नु केही हुँदैन भनी दिएको तर फोटो खिँचेर भाईरल गर्छ भनेर याद नभएको बताउँदै हामी सबै गाउँ नै अनित थापाको पक्षमा रहेको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *