नामरिङ चिया बगानको समस्यामाथि २२ मार्चमा बैठक हुने

CollageMaker_2023318154421882.jpg

दार्जीलिङ: नामरिङ चिया बगानको समस्यामाथि सह श्रमायुक्तले आगामी २२ मार्चको दिन बैठक बोलाएको छ। गत केही दिन अघि नामरिङ चिया बगानको प्रबन्धकहरूले अचानक बगान छोडेर गएपछि चिया बगानमा कार्यरत् श्रमिकहरू विचल्नी परेका छन्। यी विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले ८ मार्चको दिन राज्यको श्रम मन्त्रालय समक्ष पत्रचार गरेका थिए। हाम्रो तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङद्वारा हस्ताक्षर गरिएको पत्रमा नामरिङ चिया बगानको बारेमा अविलम्ब कार्यवाही गरिनु पर्ने मांग गरेको थियो अनि 8 मार्चकै साँझतिर हाम्रो हिल तराई डुवस चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले राज्यको श्रम मन्त्रालयसंग टेलिफोनिक सम्पर्क गर्दा श्रम मन्त्रालयको विभागीय प्रमुख सल्लाकार पशुपति नाथसंग नामरिङ चियाबारीको सन्दर्भमा धेरै लामो चर्चा परिचर्चा भएको थियो। प्रमुख सल्लाकार पशुपतिनाथले नामरिङ चिया बगानको श्रमिकहरूले पाउनु पर्ने रोजी साथै साहुलियतहरूको सूची विभागीय अधिकारीसंग मगाएर यी विषयमाथि अविलम्ब बैठक बोलाउने वचन दिएका थिए।यसको फलस्वरूप हिज पश्चिम बंगाल राज्यको सह श्रमायुक्तले आगमी २२ मार्च २०२३ को साँढे १२ बजे बैठक बोलाएको जानकारी प्राप्त भएको छ। उक्त बैठकको सूची नामरिङ चिया बगानलाई पनि जारी गरिएको अवगत गराउँदै पत्रचार गरेका छन्। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले यस विषयमा भने, नामरिङ चिया बगान बन्द भएकोले स्थानीय श्रमिकहरूको अवस्था बुझ्न हामी नामरिङ चिया बगान गएका थियौं अनि स्थानीय चिया श्रमिकहरू संग कुराकानी गर्दा उनीहरूले राहत समाग्रीको कुरा उठाएका थिए। यसैमाथि आफुहरूले श्रमिकहरू समक्ष के कस्ता राहत समाग्रीहरू चाहिन्छ त्यसको सूची मांगेका छौं।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *