छोरीहरूले गरिन् पिताको कर्मकाण्ड

unnamed

 

बीरपाड़ा – मदारीहाट खण्ड अन्तर्गत बीरपाडास्थित टुक्रे खासमा छोरीहरूले गरे पिताको कर्मकाण्ड| टुक्रे खास निवासी सम्भु छेत्री एक वर्षदेखि प्यारालाइज भइ थलो परेका हुनाले गत महिना तिनको असामयिक निधन भयो| परिवारमा श्रीमती देवी छेत्री लगायत सन्तानको रूपमा १९ वर्षीय सुस्मिता छेत्री अनि २२ वर्षीय सृष्टि छेत्री छिन्| छोराको अभावमा ती दुई छोरीहरूले आफ्नो पिताको कर्मकाण्ड गर्नुपर्ने वाध्यता हुँदा तिनीहरूले आफ्नो पिताको कर्मकाण्ड गरेकी हुन्| परिस्थिति आई लाग्दा धार्मिक शास्त्रअनुसार छोराले गर्नुपर्ने कतिपय कार्यहरू छोरीहरूले सम्पन्न गरेको जल्दो बल्दो उदाहरण देख्न पाएको छ| समाजमा अधिकांश नारीहरूको कार्यलाई सम्मान गर्ने एक वर्ग हुँदा हुँदै पनि नारी वा छोरीहरूमा कमीहरू देखाउने अर्को वर्ग पनि छन्|
  जुन समाजले नारीहरूको सामर्थ्य माथि नकारात्मक आलोचना गर्ने गर्दछ त्यस्ता समाजको निम्ति यो एउटा दह्रिलो झट्टारो बन्न पुगेका छ| उक्त परिवारको आर्थिक स्तिथि कमजोर हुनाले आमा देवी छेत्रीले बीरपाडा बासामा काम गर्छिन् भने साना छोरी सुस्मिता हैद्रावादमा काम गर्छिन्| परिवारको आर्थिक कमजोरीकै कारण ठूली छोरी सृष्टिले पनि कक्षा ९ सम्माको अध्ययन गरी घरको काम अनि हेरचाह गर्न तथा पिताको सेवा गर्न भनी पाठशाला छोड्नु वाध्य बनेकी थिइन्| परिबन्द आइपरे छोराहरूले जस्तै गर्नुपर्ने धार्मिक रिती रिवाज मात्र नभएर परिश्रम गरि परिवारको निम्ति दुइ गॉंस जुटाउन सक्ने सामर्थ्य छोरीहरूसित पनि हुन्छ भन्ने भनाइलाई सृजना अनि सुस्मिताले प्रमाणित गरेकी छन्| 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *