भारत विश्वको तेस्रो सबैभन्दा ठूलो स्टार्टअप इकोसिस्टमः सोम प्रकाश

Untitled-1-copy-38

गान्तोकः भारतको जी२० अध्यक्षता अन्तर्गत नवगठित स्टार्टअप२० इङ्गेजेन्ट ग्रुपको दोस्रो बैठक राजधानी गान्तोकमा आज (शुक्रवार) देखि शुरू भएको छ। बैठकमा जी२० का सदस्यहरू, आमन्त्रित देशका प्रतिनिधिहरू, बहुपक्षीय संगठनका प्रतिनिधिहरू र भारतीय स्टार्टअप इकोसिस्टमका हितधारकहरूलाई आमन्त्रित गरिएको छ।

यस दुई दिवसीय स्टार्टअप२० सिक्किम सभाको उद्घाटन सत्रमा केन्द्रिय वाणिज्य एवं उद्योग राज्य मन्त्री सोम प्रकाश, मुख्यमन्त्री प्रेमसिंह तामाङ, स्टार्टअप२० का अध्यक्ष डा. चिन्तन वैष्णव तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्टार्टअप २० सिक्किम सभाको उद्घाटन सत्रलाई सम्बोधित गर्दै केन्द्रिय मन्त्री सोम प्रकाशले प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा भारत विश्वकै तेस्रो सबैभन्दा ठूलो स्टार्टअप इकोसिस्टम बनेको बताए। उनले भारतमा आज ९२ हजार पञ्जीकृत स्टार्टअप रहेको जानकारी गराए।

उनले सिक्किममा उद्योगको धेरै सम्भावना रहेको बताए। भारत सरकारले पूर्वोत्तर राज्यहरूको विकासमा विशेष रूची देखाएर काम गरिरहेको पनि उनले आफ्नो सम्बोधनमा बताए। विगत केही वर्षमा पूर्वोत्तरमा एयरपोर्ट, राष्ट्रिय राजमार्ग, अर्थतन्त्र जस्ता क्षेत्रहरूको विकासमा धेरै काम भएको उनले बताए। उनले रोजगार सृजन र नवाचारमा स्टार्टअपको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सिक्किममा आयोजित यस स्टार्टअप२० सबैका लागि लाभदायक बन्ने आशा व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *