मोबाइल चोरीको आरोपमा २ नाबालिगलाई कुटपिट

e14c6bf2-c2b6-41dc-a2a6-eac87eb7b99a

मालदा: मोबाइल चोरीको आशंकामा २ नाबालिगलाई सामूहिक कुटपिट गरिएको छ। शनिबार बिहान भएको यो घटनाले अंग्रेजीबजार पुलिस थाना इलाकाको कोतवाली बजारमा सनसनी फैलिएको छ। दुवै नाबालिगले आज बिहान बजारमा आएका एक व्यक्तिको मोबाइल खोसेर भाग्ने प्रयास गरेको बताइएको छ। तर, उनलाई स्थानीयले समातेका थिए। लगत्तै अङ्ग्रेजीबजार पुलिस घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि उनको घर झारखण्डमा रहेको पाइएको थियो। कोतवाली बजारमा यसअघि पनि मोबाइल चोरीका घटना सार्वजनिक भइरहेका छन्। चोरीमा यी दुई नाबालकको हात रहेको अनुमान गरिएको छ। यद्यपी सम्पूर्ण घटनाको अनुसन्धान भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *