कञ्चनजंघा फूटबल क्लबको नयाँ जर्सी अनावरण, नयाँ सदस्यहरूलाई स्वागत

IMG-20230318-WA0105.jpg

१८ मार्चः उत्तर बंगालको अग्रणी टीम कञ्चनजंघा फूटबल क्लब (केएफसी)-को नयाँ जर्सी सुकुना इला पाल स्कुल खेल मैदानमा शुक्रवार अनावरण गरियो। जर्सी अनावरण कार्यक्रम अघि नेपाली सिने जगतका दिग्गज प्रताप सुब्बाको स्मरण अनि आत्म शान्तिको निम्ति २ मिनटको मौन धारण गरियो।कार्यक्रममा केएफसी-का दुईजना नयाँ सदस्य सुरज नौबाग र कोबिद छेत्रीलाई स्वागत जनाइयो। सुरज नौबाग जो फूड एण्ड सप्लाइ विभागका पूर्व अधिकारी हुन् भने कोबिद छेत्रीले जापानी भाषा सिकाउदै सरकारको माध्यमद्वारा जापान पठाउने काम पनि गर्छन्। कार्यक्रममा एलके राई, विजय लिम्बू, सुरेन प्रधान, दिनकर छेत्री,  शिव कुमार राई , सञ्जय छेत्री, रोल्याण्ड सुब्बा, आशिष प्रधान तथा खेलाड़ीहरूले पनि नयाँ सदस्यहरुलाई खदार्पण गरि स्वागत जनाए। नयाँ सदस्य कोबिद छेत्रीले जापानीज भाषा सिक्न इच्छुक केएफसी-का खेलाड़ीहरुलाई निशुल्क क्लास पनि गराइ दिने बताए।
यस सीजनको जर्सी  केएफसी-का पूर्व सचिव तथा वर्तमान संरक्षक प्रीतम थापाले स्पन्सर गरेका हुन्। नयाँ जर्सीको अनावरण  प्रीतम थापा अनि एलके राई (सोताङ)-को संयुक्त बाहुलीबाट गरियो। उल्लेखनीय छ, केएफसी-ले आउँदो २० मार्चको दिन नेपालको इटाहरीमा हुने १३औं इण्टरनेशनल इन्भिटेशन इटाहरी गोल्ड कपमा हिस्सा लिनेछ। टीमको म्याच मचिन्द्र फूटबल क्लब विरुद्ध रहेको छ। क्लबले यसअघि संगम लामालाई पनि नयाँ सदस्यको रूपमा स्वागत जनाएको थियो। संगमा लामा केएफसी-का संरक्षक साम्देन लामा (हंगकंगमा कार्यरत)-का सुपुत्र हुन् भनी कञ्चनजंघा फूटबल क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधानद्वारा जारी मीडिया विज्ञप्तिमा जनाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *