१८ मार्चः मीडफिल्डर हार्दिक सिंह र गोलकीपर सविता पूनियाले शुक्रवार नयाँ दिल्लीमा भएको भव्य समारोहमा वर्षका सर्वश्रेष्ठ पुरुष र महिला हकी खेलाड़ीको पुरस्कार जिते। चौबीस वर्षीय हार्दिकले अनुभवी मनप्रीत सिंह र हरमनप्रीत सिंहलाई पछि छोड़ेर पाँचौं बलबीर सिंह सीनियर वर्षका सर्वश्रेष्ठ खेलाड़ीको पुरस्कार जिते। हार्दिकले यस साल जनवरीमा ओडिशामा भएको एफआईएच वर्ल्ड कपमा असाधारण प्रदर्शन गरेका थिए तर ह्यामस्ट्रिंगको चोटले गर्दा उनी पूरा टुर्नामेण्टमा खेल्न असफल रहेका थिए। हार्दिकले स्पेन विरुद्ध पहिलो म्याचमा २-०-ले जीतको अवधि गोल गरेका थिए। भारत प्री-क्वार्टर फाइनलमा स्पेन विरुद्ध नै पराजित भएर टुर्नामेण्टबाट बाहिर भएको थियो। यसरी सविताको कप्तानीमा भारतले दिसम्बरमा एफआईएच महिला नेशन्स कप जितेर प्रो लीगमा स्थान बनायो। हार्दिक र सवितालाई २५-२५ लाख रुपियाँको नगद पुरस्कारको साथमा ट्रफी प्रदान गरियो। पुरस्कारहरूको जम्मा नगद राशि २ करोड़ ७० लाख रुपियाँभन्दा अधिक थियो। हार्दिकले भने, यो साल असाधारण रह्यो। आफ्नो प्रयासहरूलाई यसरी पहिचार प्राप्त हुँदा खुशी लाग्छ। यसरी नै सविताले भनिन्, मसँग शब्द छैन। हामीले एउटा टीमको रूपमा असाधारण प्रदर्शन गऱ्यौं। पहिलो एफआईएच नेशन्स कप जित्नु हामी सबैको निम्ति खास थियो।
हकी इण्डियाले २०२१-को पुरस्कार पनि दियो कारण कोरोना महामारीले गर्दा त्यस वर्ष पुरस्कार समारोह हुन सकेको थिएन। टोक्यो ओलम्पिक १९६४-को स्वर्ण पदक विजेता भारतीय टीमका सदस्य गुरबख्श सिंहलाई मेजर ध्यानचन्द लाइफटाइम अचीवमेण्ट पुरस्कार दिइयो। यस पुरस्कारमा उनलाई ३० लाख रुपियाँ अनि एउटा ट्रफी प्राप्त भयो। यसरी नै १९५६-को मेलबर्न ओलम्पिकमा स्वर्ण पदक जित्ने भारतीय टीमका सदस्य अमित सिंह बख्शीलाई २०२१-को निम्ति यो पुरस्कार दिइयो। वर्तमान कप्तान हरमनप्रीत सिंहलाई २०२२-का सर्वश्रेष्ठ डिफेण्डर चयन गरियो। सवितालाई २०२१-को निम्ति सर्वश्रेष्ठ खेलाड़ीको पुरस्कार प्राप्त भयो जबकि हरमनप्रीत सिंह सर्वश्रेष्ठ पुरुष खेलाड़ी रहे। कृष्ण बी पाठकलाई २०२२-को निम्ति सर्वश्रेष्ठ गोलकीपर अनि महिला टीमकी सुशीला चानूलाई सर्वश्रेष्ठ मीडफिल्डर चयन गरियो। हकी इण्डिया सर्वश्रेष्ठ फरवर्डको धनराज पिल्लै पुरस्कार वन्दना कटारियालाई प्राप्त भयो। सबै विजेताहरूलाई ५ लाख रुपियाँको नगद पुरस्कार र ट्रफी प्रदान गरियो। मुमताज खान र उत्तम सिंहलाई सर्वश्रेष्ठ उदीयमान खेलाड़ी चयन गरियो। यस अवसरमा केन्द्रीय मन्त्री किरेन रीजीजू, खेल मन्त्री अनुराग ठाकुर र कृषि मन्त्री नरेन्द्र तोमरले खेलाड़ीहरूलाई पुरस्कार दिए।