कोविड़ भारत: कोरोना फेरी बढ्दै

IMG-20230318-WA0096.jpg

आज पनि कोरोनाको ८४३ नयाँ मामिला, ४ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७९६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,९४,३४९ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले कुल ४ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७९९ पुगेको छ। यसरी नै यस अवधिमा ४७६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५८,१६१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ५,३८९ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०२,५९१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,०२,१३,९८४ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ९,०९५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,९७,६३८ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement