कोविड़ सिक्किम: राज्यमा दुई जना कोरोना रोगी भेटियो

IMG-20230316-WA0249.jpg

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोना भाइरसको संख्यामा घटबढ भइरहेको छ। यसै क्रममा आज दुई जना कोरोना संक्रमित रोगी पेला परेको विभागले जानकारी गराएको छ। राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो ६९ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा दुई जनाको रिपोर्ट संक्रमित बनेको थाह लागेको छ। ६९ जनाको नमूनामध्ये सर्वाधिक गान्तोक जिल्लाबाट ६३ जना, पाकिमबाट ५ जना र सोरेङ जिल्लाबाट १ जनाले थिए। हाल राज्यमा कोरोनाको सक्रिया मामिला ६ रहेको छ। यसैगरी, १ जना उपचाराधीन संक्रमित निको भएर सामान्य जीवनमा फर्किएका छन्। कोरोना मामिला बढ्नुका साथै राज्यको दैनिक संक्रमण दर बढ़ेर २.८ प्रतिशत पुगेको छ भनेे साप्ताहिक संक्रमण दर १ प्रतिशत दर्ता भएकोाे छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३३२ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४२ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement