रोलेपमा ‘क्याप’ को पहिलो जिल्लास्तरीय सभा

IMG-20230317-WA0289.jpg

सरकारनै कमिशनमा चुलुम्मै डुबेको गणेश राईको ठोकुवा

गान्तोक: सिक्किममा कमिशनखोरहरुको रगरगी लगातार बढ़िरहेको र यसलाई तत्काल बन्द गर्नुपर्ने माग सिटिजन एक्सन पार्टीले (क्याप) ले उठाएको छ। आज रोलेपमा पार्टीको पाक्योङ जिल्लास्तरीय सभालाई सम्बोधन गर्दै पार्टीका मुख्य संयोजक गनेश राईले यस्तो आरोप लगाएका हुन्‌। भेलालाई सम्बोधन गर्दै उनले भने, सरकारनै कमिशनमा डुबेपछि सोझा जनताले शास्ती पाइरहेका छन्‌। राईले सरकारको कार्यनीतिमाथि पनि भरपूर प्रश्र्न उठाए। उनले भनेअनुसार एसकेएम सरकार सिक्किम र सिक्किमे जनताप्रति इमान्दार छैन। अर्कोतिर मुख्य संयोजक राईले राज्यमा भइरहेको राजनीतिक हिंसामाथि पनि प्रश्र्न उठाए। यस प्रसंगमा उनले भने, सरकार निकम्मा भएको कारण जनताले असुरक्षित महशुस गरिरहेका छन्‌। सरकारले हिंसा गर्नेलाई पैसा दिएर राज्यका युवाहरुको भविष्यसित खेलबाड़ गरिरहेको आरोप पनि राईले लगाए। विपक्षी राजनीतिक दलका कार्यकर्ताहरुमाथि आक्रमण गर्ने युवाहरुलाई एक लाखसम्म रकम खर्चेर राज्यको शान्ति व्यवस्थालाई बर्बाद बनाएको उल्लेख गरे। सिक्किम भारतमा विलय भएको 48 वर्ष पुग्यो तर जनताको आर्थिक अवस्था र सुरक्षामा कुनै प्रकारको परिवर्तन नआएको बताउँदै संयोजक राईले सिक्किममा आर्थिक स्वतन्त्रताको सन्दर्भ पनि उठाए। उनले भने, एकातिर सरकारले सिक्किममा विदेशी निवेशकहरु ल्याएर आर्थिक विस्तार गर्ने भाषण दिइरहेको छ भने कम्पनी एक्टमाथि कुनै प्रकारको चर्चा गरेको छैन। मुख्यमंन्त्रीले बिहारको पटनामा निवेशकहरुसंग बैठक गरिसकेको तर अहिलेसम्ममा कति निवेशकहरु सिक्किममा आए त? राईले थप प्रश्र्न उठाए। सम्बोधनमा उनले भनेअनुसार सरकारले करोड़ौं रुपियॉं ऋण लिएर जनताको घर बनाउँदै तर त्यसको गुणवत्तामाथि ध्यान दिएको छैन। सरकारले जनताको घर निर्माण गर्ने नै हो भने लाभार्थी परिवारलाई वर्कअर्डर दिनुपर्ने सल्लाह दिए। घर निर्माणमाथि पनि कमिशनको खेल चलिरहेको कारण जनताले दुःख पाएको उल्लेख गरे। यसक्रममा मुख्य संयोजक राईले आगामी २०२४ मा सिटिजन एक्सन पार्टीको सरकार गठन गरेर जनतालाई सॉंचो सुरक्षा र स्वतन्त्रता दिने दाबी गरे। जनताको हितमा सुशासन ल्याउन सरकारले बीडीओ प्रथा उड़ाउने र पञ्चायत, जिल्ला पञ्चायत र नगरपालिकाहरुलाई प्रशस्त पावर हस्तान्तरण गरेर स्थानीय सरकारको रुपमा गठन गर्ने जिकिर गरे। जबसम्म पञ्चायत, जिल्ला पञ्चायत र नगरपालिकाले प्रशस्त बजेट पाउँदैन तबसम्म जनताले असली विकास नपाउने भनाइ गनेश राई को थियो। उनले भनेअनुसार क्यापले जिरो इनिमी नीतिमा काम नगर्ने भन्दै सिक्किमलाई बर्बाद पार्नेहरुलाई दुश्मन ठानेर काम गर्ने चेताउनी दिए। पार्टीको गठनपछि पहिलो जिल्लास्तरीय बैठकलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता महेश राईले भने, सरकारले थुप्रै किसिमका योजनाहरु घोषणा गरिरहेको बेला अन्य पार्टीप्रति चासो राख्ने सरकारी कर्मचारीहरुलाई भिक्टिमाइज गरेर प्रताड़ित गरेरहेको छ। यस प्रकारका घृणित कार्यविरूद्ध जनता जागरुक बन्नुपर्ने बताए। सभालाई सम्बोधन गर्ने क्रममा अर्का प्रवक्ता अल्बर्ट गुरुङले छात्रवृत्तिको नाममा विद्यार्थीहरुले कैयौ कष्ट भोग्नुपरेको बताए। यस सभालाई याङयाङका डीबी राई र सोरेङका दिवस गुरुङले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *