श्रम मन्त्रीले गरे सिप्ला दवाई कारखानाको निरीक्षण

Untitled-1-copy-37

गान्तोकः राज्यका श्रम विभाग मन्त्री लोकनाथ शर्माले आज कुमरेकमा सञ्चालित सिप्ला दवाई कारखानको निरीक्षण भ्रमण गरे। निरीक्षणको क्रममा मन्त्रीसॅंग श्रम विभागकी अध्यक्ष गंगा प्रसाई, सचिव कर्मा नामग्याल भोटिया लगायत अन्यहरू पनि सामेल रहेका थिए। यस अवसरमा मन्त्री शर्माले सिप्ला कम्पनीका प्रमुखहरूसँग एक बैठक गर्दै श्रमिकहरूले पाउनु पर्ने सुविधाबारे जानकारी गराए। उक्त कम्पनीमा कार्यरत श्रमिकहरूले राज्य सरकारद्वारा जारी गरिएको आदेश बमोजिम सुविधा साथै लाभ प्राप्त गरिरहेका छन् कि छैनन् भन्नेबारे पनि प्रबन्धन पक्षसँग जान्न चाहे।

मन्त्री शर्माले श्रमिकको हितमा सबै सुविधा उपलब्ध गराउनु पर्ने र सरकारद्वारा जारी अधिसूचनाको कार्यान्वयन गरिनु पर्ने विषयमा बल दिए। मन्त्री र सचिव भोटियाले अधिकारीहरूसँग अन्तरक्रिया गर्दै स्थानीय श्रमिकको हित, गम्भीर रोगको उपचार, श्रमशक्तिको व्यवस्थापन, व्यावसायिकता अभ्यास, श्रमिक सीप लगायतका विविध पक्षमा विस्तृत छलफल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *