अष्ट्रेलिया विरुद्ध पहिलो वनडे म्याचमा भारत ५ विकेटले विजयी

IMG-20230317-WA0287.jpg

१७ मार्चः पेस बलर मोहम्मद शमीको घातक स्पेलपछि केएल राहुल र रविन्द्र जडेजाबीच छैटौं विकेटको निम्ति महत्त्वपूर्ण शतकीय साझेदारीको दममा भारतले पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गऱ्यो।

मुम्बईको वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाई टीम ३५.४ ओभरमा १८८ रन बनाएर अलआउट भयो। जवाफमा भारतले ६१ बल बाँकी रहँदै ३९.४ ओभरमा ५ विकेट गुमाएर १९१ रन बटुल्दै जीत हासिल गऱ्यो। सानो लक्ष्यलाई खेदो गर्दै भारत एक समय ८३ रनमा ५ विकेट गुमाएर समस्यामा परेको थियो तर विकेटकीपर केएल राहुल र रविन्द्र जडेजाले छैटौं विकेटको निम्ति १०८ रनको अटूट साझेदारी गरी टीमलाई जीत दिलाए। राहुलले ९१ बल खेलेर ७ वटा चौका र एउटा छक्काको साथ अविजित ७५ रन बनाए। यसरी नै जडेजाले ६९ बल खेलेर ५ वटा चौकाको साथ अविजित ४५ रन बनाए। यी दुईबाहेक कप्तान हार्दिक पाण्ड्याले २५ र शुभमन गिलले २० रनको योगदान दिए। अष्ट्रेलियालाई बलरहरूमा मिचेल स्टार्कले ३ र मार्कस स्टोइनिसले २ विकेट हासिल गरे। यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने अष्ट्रेलियाको निम्ति ओपनर मिचेल मार्शलाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। मार्शले ६५ बलमा १० वटा चौका र ५ वटा छक्काको साथ ८१ रन बनाए। यसबाहेक विकेटकीपर जोस ईंग्लिशले २६ र कप्तान स्टीव स्मिथले २२ रन बनाए। ट्रेविस हेड ५, मार्नस लाबुशेन १५, क्यामरन ग्रीन १२, ग्लेन म्याक्सवेल ८ र स्टोइनिस ५ रन बनाएर आउट भए।

भारतीय बलरहरूमा शमी र मोहम्मद सिराजले ३-३ विकेट लिए। यसबाहेक जडेजाले २ विकेट हासिल गरे। ब्याट र बलको साथ असल प्रदर्शन गर्ने जडेजालाई प्लेयर अव् द म्याच चयन गरियो। यस जीतको साथै भारतले तीनवटा म्याचको वनडे सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *