हात्तीको आक्रमणबाट भाग्यले बाँचे एकजना गाउँले

6b179d8b-2b5c-467b-bd10-7ac930de5cbf

कालचिनीः बिहान मर्निङ वाकमा निस्किएको एकजना दक्षिण साताली निवासी प्रोजेन बसुमता उमेर ५० लाई जंगलबाट निस्किएको एउटा जंगली हात्तीले आक्रमण गर्न खोज्दा भाग्यले उक्त व्यक्तिको ज्यान बाँचेको जान्नमा आएको छ। प्राप्त जानकारी अनुसार बिहान मर्निङ वाकमा निस्किएको प्रोजेन बसुमता आफ्नै सुरमा हिँड़दै जाँदा जंगल संलग्न बाटोमा एउटा जंगली हात्तीसित जम्काभेट हुन पुग्दा उक्त हात्तीले सुँड़ले धक्का दिएर पछारेको थियो भने उक्त व्यक्ति घटनास्थलमा नै विहोस भएको थियो।
तर भाग्यवश उक्त व्यक्तिको ज्यान बाँचेता पनि खुट्टा भाँचिएको गाउँलेहरुले जनाएका छन्। उक्त सम्बन्धमा बन विभागले सरकारी नियम मुताबिक क्षतिपूर्ति दिईने जनाएका छन्।

About Author

Advertisement